लात्भिया, लात्भियाली: Latvija ; लात्गाली: Latveja; लिभोनियाली: Leţmō), वा आधिकारिक रूपमा गणतन्त्र लात्भिया (लात्भियाली: Latvijas Republika, लात्गाली: Latvejas Republika, लिभोनियाली: Leţmō Vabāmō) उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने एक देश हो। यो बाल्टिक राज्यहरू मध्ये एक हो। देशको उत्तरमा एस्टोनिया, दक्षिणमा लिथुआनिया, पूर्वमा रूस, दक्षिणपूर्वमा बेलारुस र पश्चिममा स्विडेनसँग समुद्री सिमाना साझेदारी गरेको छ। लात्भियाले ६४,५८९ वर्ग किलोमिटर (२४,९३८ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र यसको जनसङ्ख्या १९ लाख रहेको छ। यस देशमा शीतोष्ण मौसमी हावापानी पाइन्छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर रिगा हो। लात्भियाली बाल्टिक क्षेत्रको एकै जातीय समूह र भाषा बोल्ने समूहका हुन्। देशको आधिकारिक भाषा लात्भियाली हो जुन बाल्टिक भाषा बोल्ने एक मात्र जीवित दुई भाषाहरू मध्ये एउटा हो। रूसीहरूको जनसङ्ख्या झन्डै एक चौथाइ भएको यस देशका प्रमुख अल्पसङ्ख्यकहरू हुन्।
गणतन्त्र लात्भिया
| |
---|---|
लात्भिया-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा खैरो) | |
राजधानी र सबैभन्दा ठुलो सहर | रिगा ५६°५७′उ॰ २४°६′पू॰ / ५६.९५०°N २४.१००°E |
आधिकारिक भाषाहरू | लात्भियालीक |
जातिगत समूहहरू (सन् २०१९) |
|
धर्म (सन् २०११) | |
रैथाने(हरू) | लात्भियाली |
सरकार | एकात्मक संसदीय संवैधानिक गणतन्त्र |
एगिल्स लेभित्स | |
Krišjānis Kariņš | |
व्यवस्थापिका | साइमा |
स्वतन्त्र जर्मनी र सोभियत सङ्घबाट | |
• घोषणा | १८ नोभेम्बर १९१८ |
• मान्यता प्राप्त | २६ जनवरी १९२१ |
• हालको संविधान | ७ नोभेम्बर १९२२ |
• सोभियत सङ्घको पतन पछि | २१ अगस्ट १९९१ |
• युरोपेली सङ्घमा आवद्ध | १ मे २००४ |
क्षेत्रफल | |
• जम्मा | ६४,५८९ किमी२ (२४,९३८ वर्ग माइल) (१२२औँ) |
• पानी (%) | २.०९ (सन् २०१५) |
जनसङ्ख्या | |
• सन् २०२० अनुमानित | १९,०७,६७५ (१४७औँ) |
• सन् २०११ जनगणना | २०,७०,३७१ |
• घनत्व | २९.६ /किमी2 (७६.७ /वर्ग माइल) (१४७औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२१ लगत |
• जम्मा | $६३.५३९ अर्ब |
• प्रति व्यक्ति | $33,393 |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२० लगत |
• जम्मा | $३७.७२० अर्ब |
• प्रति व्यक्ति | $१९,८२४ |
गिनी (सन् २०१९) | ३५.२ मध्यम |
मानव विकास सूचकाङ्क (सन् २०१९) | ०.८६६ धेरै उच्च · 37th |
मुद्रा | युरो (€) (EUR) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वीय युरोपेली समय) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वीय युरोपेली ग्रीष्मकालिन समय) |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +३७१ |
इन्टरनेट डोमेन | .lvग |
|
शताब्दीयौँसम्म जर्मनेली, स्विडेनी, पोल्यान्डेली-लिथुआनियाली र रूसी शासनको नियन्त्रणमामा रहेको थियो जहाँ मुख्यतया बाल्टिक जर्मनेली कुलीनद्वारा शासन सञ्चालन गरिएको थियो। जर्मनेली साम्राज्यबाट अलग भएसँगै गणतन्त्र लात्भिया स्थापना १८ नोभेम्बर १९१८ मा भएको थियो र प्रथम विश्व युद्ध पश्चात् यो स्वतन्त्र राष्ट्र घोषित भएको थियो।तथापि, सन् १९३४ मा, कार्लिस उल्मानिसको अधीनमा सत्तावादी शासन स्थापना गरेपछि सन् १९३० को दशकसम्मै देश झन्-झनै निरङ्कुश बन्न पुगेको थियो।
दोस्रो विश्वयुद्धको प्रारम्भमा देशको वास्तविक स्वतन्त्रतामा बाधा पुगेको थियो। सोभियत सङ्घले लात्भियामा जबरजस्ती निगमन गरेको थियो। त्यसपछि यसलाई सन् १९४१ मा नाजी जर्मनीले आक्रमण र कब्जा गरेको थियो। सन् १९४४ मा सोभियत सङ्घले लात्भियाली सोभियत समाजवादी गणतन्त्र गठन गरी आगामी ४५ वर्षको लागि शासन पुन: कब्जा गरेको थियो। देशमा शान्तिपूर्ण गायन क्रान्ति सन् १९८७ मा सुरु भएको थियो र २१ अगस्त १९९१ मा वास्तविक स्वतन्त्रता को पुनर्स्थापनासँगै अन्त्य भएको थियो। त्यसबेला देखि लात्भिया लोकतान्त्रिक एकात्मक संसदीय गणतन्त्र भएको छ।
उच्च आय भएको उन्नत अर्थतन्त्र सहित लात्भिया एक विकसित देश हो। मानव विकास सूचकाङ्कमा धेरै उच्च स्थानमा रहेको छ। यसले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता, प्रजातान्त्रिक शासन, जीवनस्तर र शान्तिको मापनमा अनुकूल प्रदर्शन गर्दछ। लात्भिया युरोपेली सङ्घ, युरोजोन, नाटो, युरोप परिषद्, संयुक्त राष्ट्र सङ्घ, बाल्टिक सागर राज्यहरूको परिषद्, अन्तर्राष्ट्रिय मुद्रा कोष, नोर्दिय-बाल्टिक आठ, नोर्दिय लगानी बैङ्क, आर्थिक सहयोग तथा विकास सङ्गठन, युरोपको सुरक्षा तथा सहयोग सङ्गठन र विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र हो।
This article uses material from the Wikipedia नेपाली article लात्भिया, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.