बाइबल

बाइबल इसाईहरूको पवित्र शास्त्र हो । यस धर्मशास्त्रलाई इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्दछन् ।

बाइबल
युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो ।

बाइबलका धेरै पुस्तकहरूको सँगालो हो। जसमा ६६ पुस्तकहरू पर्दछन्। यो धेरै वर्ष पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको थियो । पछि यो अन्य धेरै भाषामा अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुवादभइसकेको छ ।

पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । बाइबल बिब्लिया भन्ने शब्द शब्दबाट बनेको हो । जसको उच्चारण परिवर्तन भएर बाइबल भयो।

बाइबल 1444 BC मा मोसा द्वारा दिएको थियो| बाइबल 1600 वर्ष मा लेखिएको थियो |पुरानो करार बाइबल 2000 वर्ष अगाडि नै लेखि सकिएको थियो र नया करार बाइबल 100 AD मा लेखि सकिएको थियो| 

वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ जो ६६ पुस्तक हो। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, यो परमेश्वर द्वारा दिएको थियो। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।

यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरूको सङ्ग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा येशू को जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार ना

म भएका चार भागहरू छन् । नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन् ।

वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ जो ६६ पुस्तक हो। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, यो परमेश्वर द्वारा दिएको थियो। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।

यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरूको सङ्ग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा येशू को जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरू छन् । नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन् ।

बाइबलमा ऐतिहासिक विवरणहरू, भजनहरू, प्रार्थनाहरू, हितोपदेशहरू, दृष्टान्तहरू, उपदेशात्मक वाक्यहरू, सल्लाहहरू, निबन्धहरू, कविताहरू, र भविष्यवाणीहरू समावेश छन्।  

इतिहास

बाइबल विद्वानहरूले बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा छन् । सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिएको छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ । हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन् । अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन् । साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन । यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्: 

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ । नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ ।

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं । उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन् । त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन् । तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ ।

१. बाइबल के हो ? यो कहाँबाट आयो ? यो कसले लेख्यो ? यी प्रश्नहरु महत्त्वोपुर्ण छ्न । यी प्रश्नको उत्तर कतिलाई दुध, कतिलाई मासु, कतिलाई तितो कतिलाई मिठो लाग्ना सक्छ । आसा राखेको छु सबै जनाले आफ्नु बहुमुल्य समय दिएर पढि सुझाव दिनुहुने ।

यदि बाइबल सत्य छ भने यसलाई विस्वास नगर्ने मानिस मुर्ख हुन जान्छ । अर्को तर्फ यदि बाइबल सत्य, तथ्य छैन भने हामीले यसलाई जान्नु किन आवस्यक पर्दछ ?

माविश्वास गर्छु " जसले बाइबल अध्यन गर्छ त्यसले परमेस्वरको मन र विचार अध्यन गर्छ।"

२. बाइबल संसारिमा सबै भन्दा प्रसिद्ध पुस्तक हो । इतिहासम छापाखाना अविस्कार भए पछि सबै सबैभन्दा पहिले बाइबल छपाइएको थियो । हेरेक वर्ष सबै भन्दा बढी छपिने पुस्तकका रूपमा बाइबल चिनिन्छ । संसारमा सबै भन्दा बढी भाषाहरूमा बाइबल अनुबाद गरिएको छ । अहिलेसम्म लगभग सात अर्बभन्दा बढी बाइबल छापिसकेको पाइन्छ ।

बाइबल शब्द ग्रीक सब्द "बिब्लस" आएको हो । जसको अर्थ पुस्तक हो । बाइबललाई धेरै नाम दिएको छ परमेस्वरको वचन । हिब्रु४:१२ दुई धारे तरवार,मह, चट्टान, ज्योति आदि । बाइबल जम्म ६६ वटा पुस्तकहरूले बनेको छ । यसलाई प्रमुख दुई खण्डहरूमा बिभाजन गरिएको छ । पुरानो नियम, जसमा ३९ वटा पुस्तकहरु छ्न । नयाँ नियम जसमा २७ वटा पुस्तक छ्न । पुरानो नियम नयाँ नियमको जग हो भने नयाँ नियम पुरानो नियमको प्रकाश हो ।

नयाँ नियम: बाइबलको नयाँ नियमको खण्ड मुल रूपमा ग्रीक भाषामा लेखिएको थियो । केही समय पछि ल्याटिनमा अनुबाद गरिएको थियोे । आज पाँच हजार भन्दा बढी ग्रीक पाण्डुलिपीहरु र आठ हजार भन्दा बढी ल्याटिन पाण्डुलिपिहरु र अरुपनी थुप्रै भाषाहरूमा छापिएका पाण्डुलिपीहरूले प्राचीन समय देखि नै अस्तित्वमा पाइन्छन । यीनीहरूले परमेस्वरको वचन त्यही रूपमा छ भन्ने कुराको प्रमाण दिन्छन् ।

३. पुरानो नियम: पुरोनो नियमले सृष्टिको विवरण, मानिसको प्रारम्भिक इतिहास, भाषाहरु र जातिहरूको सुरुवात आदिको बारेमा विवरण दिएको छ । साथै पुरानो नियमले किन पृथ्वीमा ख्रीष्टको जन्मा मृत्यु हुनु आवस्यक थियो भन्ने सम्बन्धि कारणहरु एतिहासिक घटनाहरूको रूपमा प्रस्तुत गर्दछ । यसम ख्रीष्टको प्रथम र दोस्रो आगमनको सम्बन्धमा पनि स्पष्ट भबिस्यबाणी उल्लेख गरिएको छ ।

नयाँ नियम: नयाँ नियममा पुरानो नियले ख्रीष्टसम्बन्धी उल्लेख गरेका उहाँको जन्मा, सेवाकाई, मृत्यु, र पुनरुउथान ( resurrection) सम्बन्धी भबिस्यबाणी कसरी पूरा भए सो कुराको विवरण छ । साथै यसमा ख्रीष्टको असाधरण अनि सिद्ध जीवनको विवरण र उहाँ अदभूत कार्यहरुका विवरणहरु उल्लेख गरिएको छ । ख्रीष्टको बलिदान र उहाँको बौरिउठाईको घटना नयाँ नियमको प्रमुख विषय हो ।

४. बाइबल ४० जना विभिन्न पृष्ठभुमीमा रहेका परमेस्वरका पबित्र जनहरूले परमेस्वरको पबित्र आत्माको प्रेणाद्वारा लेखेका हुन । बाइबल लेखन १६०० वर्ष लागेको थियो । किनभने यो मानिसको आफनै ईक्षाद्वारा लेखिएको थिएन । जब परमेस्वरको अग्मबानी आयो तब मात्र लेखियो । यसको लेखकहरु कोही राजा थिए, कोही प्रधानमन्त्री, कोही बिद्वान,कोही माछुवा, कोही गोठाला, कोही राजकर्मचारी, कोही पुजारी भने एक जन बैध थिए ।

साधारण त ती लेखकहरूले भिन्न भिन्नै समयमा भिन्न भिन्नै ठाउमा बसेर लेखे । यस्तो अवस्थामा उनीहरूको लेख फरक हुनुपर्ने हो । किन एउटा पुस्तकले अर्को पदलाई बिरोध गर्दैन ? किन एकाअर्कालाई समर्थ गरेको छ ? किनभने बाइबलको मुख्य लेखक मानिसहरू थिएनान परमेस्वर हुनुहुन्छ । सबै पबित्रशास्त्र परमेस्वरको प्रेरणा द्वारा दिएको हो । बाइबलका सबै पुस्तक परमेस्वरका प्रेरणाद्वारा दिएका थिए । यसै कारण बाइबलका लेखक विभिन्न भएको भए पनि आपसमा पुर्णरूपमा मिलेर रहेका छ्न । परमेस्वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ ।

५. बाइबल ले भन्छ " पहिले यो जान -पबित्रशास्त्रको कुनै पनि भविस्यवाणी आफ्नु निजि ब्याख्याबाट भएको होइन । किनकि कुनै पनि समयमा भबिस्यबाणी मानिसको इच्छाद्वारा आएन, तर परमेस्वरका पबित्र जनहरु पबित्र आत्माद्वारा प्रेणा पाएर बोले । " १ पत्रुस१:२०-२१

परमेस्वरले आफ्नु वचन लेख्ने क्रममा मानिसहरूलाई प्रयोग गर्नुभयो । यर्मिया नामको ब्यक्तिलाई भन्नू भयो " हेर मैले मेरो वचनहरु तेरो मुखमा हालिएको छु ।" यर्मिया१:९ पुरानो नियम मात्र ३८०० वटा सन्दर्भ छ्न । जसले बाइबल परमेस्वरको वचन हो भनी हामीलाई बताउँछ । बाइबलको पहिलो पुस्तकको पहिलो पदले महत्त्वपूर्ण सत्यता प्रस्तुत गरेको छ " सुरुमा परेस्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो" उत्पती१:१ उहाँ परमेस्वरका नदेखिने गुणहरु " "सृष्टि गरिएका कुराहरूद्वारा स्पष्ट देखिएका छ्म "

सृष्टिले प्रकट गर्छ कि त्यहाँ परमेस्वर हुनुहुन्छ भनेर तर यो प्रकट गर्दैन कि परमेस्वर कस्तो हुनुहुन्छ भनेर । हामी यहाँ किन छौ? परमेस्वर कस्तो हुनुहुन्छ ? यश जीवन पछि के हुन्छ ? सो विषयमा चाहिँ बताउदैन । त्यसैले हाम्री सृष्टिकर्ता मालिकले हामीलाई आफ्नु वचन उपहारको रूपमा दिनुभएको छ ।

६.बाइबले हाम्रो जीवनको सबै क्षेत्रमा प्रभाव पारेको छ हाम्रो आधुनिक पात्रो "सात दिनको एक हप्ता" हुन्छ । बाइबलमा आधारित छ । परमेस्वरले सृष्टि गर्नुभयो र सातौ दिनमा विश्राम लिनु भयो चोरी नगर्नु, हत्या नगर्नु, झुठो नबोल्नु, जस्ता आज्ञा पहिलो पटक बाइबलमा उल्लेख गरिएका थिए । बिस्वभरी नै ईं. पू (A.D) प्रयोग गरिन्छ यसले येशू ख्रीष्ट जन्मेको आज २०२१ वर्ष भएको देखिन्छ ।

"यदि कुनै मानिस बाइबलसँग परिचित छैन भने, उसले नोक्सान भोगेको छ, जसमा उसले यथासंभव सुधारर्नु उत्तम हुन्छ । बाइबलको पूर्ण ज्ञान चाहिँ कलेज शिक्षा भन्दा बढी अनमोल छ " थिओडो रुजबेल्ट सयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति

"बाइबल एउटा केवल पुस्तक मात्रै होइन, तर एल जिवित सृष्टि हो, जसमा शक्ति छ कि यसलाई बिरोध गर्नेहरूमा यो बिजयी बन्छ " बिश्व बिजेता नेपोलियन

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

घोडाहिमाली प्रदेश (नेपाल)नेपाली शब्दकोशव्यवस्थापन लेखाविधिविक्रम सम्वत्महोत्तरी जिल्लासिन्धुलीगढीनेपाल कृषि अनुसन्धान परिषद्जनसाङ्ख्यिकीय लाभांशजनकपुरधाम उपमहानगरपालिकारामप्रसाद ज्ञवालीआगन्तुक शब्दभक्ति थापापब्लिक कम्पनीरामानन्द विश्वश्चर महेन्द्र क्याम्पसनेपालको निसानछापरस (काव्य शास्त्र)सूर्यअल्बर्ट आइन्स्टाइनमादलअलङ्कार (साहित्य)झमक घिमिरेऋतुसुदूरपश्चिम प्रदेश सभाकौडा नृत्यलोकगीतमानव विकास अर्थशास्त्रविश्व सम्पदा क्षेत्रनेपाली चलचित्रअंशुवर्मानेपालको इतिहासकोहलपुर नगरपालिकादोलखा जिल्लाउपहारयोगमाया न्यौपानेसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूसगरमाथाकोशी प्रदेशविकिमिडिया नेपालको विधानतापक्रमगणतन्त्रसुसाङ्ख्यबौद्धिक सम्पत्तिभ्याम्पायरमाओवादी जनयुद्धमधेश प्रदेश सभाअन्तर्राष्ट्रिय श्रमिक दिवसइलाम जिल्लाडाँफेशिरीषको फूलतिथिकार्यसम्पादन मूल्याङ्कननेपालको जनआन्दोलन २०६३कुम्भ मेलामहिनावारीनेपालीविसं २०७२ को महाभूकम्पअविनाश बोहरागाउँपालिकाअप्राकृतिक मैथुनपरराष्ट्र मन्त्रालय (नेपाल)अन्तिम संस्कारमाधवप्रसाद घिमिरे (साहित्यकार)कृष्ण जन्माष्टमीचट्याङमहेन्द्र सिंह धोनीसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमध्यवर्ती क्षेत्रपशुपतिनाथ मन्दिरनेपालका राष्ट्रिय विभूतिहरूअन्तर्राष्ट्रिय नारी दिवसहिन्दी भाषाकञ्चनपुर जिल्लास्वरवर्ण र व्यञ्जनवर्णनेपालको संस्कृति🡆 More