इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो यो निश्चय थियो।

ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस।

यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), बीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य।

इतिहास अन्तरगत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ।

अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो। अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो।

इतिहासको आधार र स्रोत

इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो अवशेषहरू नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन्। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बितेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ । प्रर्याप्त साधनहरू हुँदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छन् कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पडतालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्त्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

इतिहास को आधार र स्रोतइतिहास यो पनि हेर्नुहोस्इतिहास सन्दर्भ सामग्रीइतिहास बाह्य कडीहरूइतिहास

🔥 Trending searches on Wiki नेपाली:

बाबुराम भट्टराईगण्डकी प्रदेश सभाकाँक्रे विहारनागरिकनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८दिगो विकासडाँफेदैलेख जिल्लारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमाओवादी जनयुद्धचिठीकिशोरावस्थाविवाहआगन्तुकहाम्रो पात्रोनिकाराग्वासार्वजनिक सेवा प्रवाहलेनिनवादगरिबीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)संविधानॐ नमः शिवायसमूहपासाङ ल्हामु शेर्पानेपालको लोकतन्त्र दिवसनेपालको जनआन्दोलन २०६३नारायणहिटी दरबार सङ्ग्रहालयपृथ्वीनारायण शाहजनसाङ्ख्यिकीय लाभांशविश्वव्यापीकरणमुस्ताङ जिल्लालागु पदार्थसमाजवादबीमात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलराई जातिनिबन्धढुङ्गे युगथारू जातिमुख्य पृष्ठविश्व व्यापार सङ्गठनदिल्ली सम्झौतायुरोपकोहलपुर नगरपालिकामकवानपुर जिल्लानेपालमा महिला अधिकारसामाजिक विज्ञानमोतीराम भट्टलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूदोलखा जिल्लाअन्नप्राशन संस्कारइजरायलनेपालका औद्योगिक क्षेत्रहरूको सुचीमकैको खेतीकावासोती नगरपालिकानेपालको संविधान २०७२गढीमाईबुटवल उपमहानगरपालिकाकृत्रिम वर्षाभीमसेन थापाशिरुवा पर्ववित्तीय विवरणहरूसार्वजनिक प्रशासनअपाङ्गतासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूप्रजातन्त्र दिवसनेपालमा मौलिक हक र कर्तव्यदेवनागरी लिपिश्रेष्ठमहिला सशक्तिकरणबाल विवाहजगेडाकवितानेपालका तालहरूको सूची🡆 More