मोल्दोभा: युरोपको देश

मोल्दोभा (आधाकारिक नाम: रिपब्लिका मोल्डोभा) पूर्वी युरोपमा पर्ने देश हो। यसलाई रोमानियाले पश्चिममा, युक्रेनले दक्षिण, उत्तर र पूर्वमा घरेरको छ। यसको राजधानी चिस्न्यु हो।

मोल्दोभान क्षेत्रको अधिकांश भाग १४औँ शताब्दी देखि १८१२ सम्ममा मोल्डाभियाको प्रधानाधिकारको हिस्सा थियो; पछि यसलाई ओटोम्यान साम्राज्यले रूसी साम्राज्यमा हस्तान्तरण गरी बेसेराबिया भनेर चिनिन थालियो। सन् १८५६ मा दक्षिणी बेसाराबिया मोल्दाभियामा फर्काइयो, जुन वालिसचियासँग गाभी रोमानिया बन्न पुग्यो तर पछि सम्पूर्ण भाग रसियामा सन् १०७८मा नै स्थापित हुन पुग्यो। सन् १९१७ रूसी क्रान्तिमा बेसारबिया छोटो समयसम्म रूसीभित्र एक स्वायत्त राज्य बन्न पुग्यो। फेब्रुअरी १९१८। मा मोल्डाभिया डेमोक्र्याटिक रिपब्लिकले स्वतन्त्रता घोषणा गर्‍यो, लगत्तै त्यस वर्षको सम्मेलनको मतदानपछि रोमानियासँग एकीकृत भयो। उक्त निर्णयलाई सोभियत रसियाले सन् १९२४ मा विबाद ठहाराएर पुर्बको केही भाग लिएर युक्रनियन एससएआरको निर्माण गर्यो।

सन् १९४० मा मोलोटोभ - रिबेन्ट्रप समझौताको परिणामस्वरूप रोमानिया, बेसेराबिया र उत्तरी बुकोविनालाई सोभियत संघको अधीनमा राख्न बाध्य भयो। यसबाट मोल्डाभियाई सोभियत समाजवादी गणतन्त्र (मोल्डाभियन एसएसआर) को निर्माण हुन पुग्यो; जसमा बेसेराबियाको ठूलो हिस्सा थियो। सन् १९९१, २७ अगस्टमा सोभियर‍त युनियनको विलय भएसँगैँ मोल्डोभियनले एसएसआरले स्वतन्त्रता घोषणा गर्‍यो र मोल्दोभाको नाम लियो। मोल्दोभाको संविधान सन् १९९४ मा अपनाईएको थियो। नीनेस्टरको पूर्वी किनारमा मोल्दोभान क्षेत्र पट्टी सन् १९९० देखि ट्रान्स्निस्ट्रियाको अधिनमा रहेको छ।

सोभियत संघको विघटनपछि औद्योगिक र कृषि उत्पादनमा कमी आएको कारण सेवा क्षेत्रले नै मोल्दोभाको अर्थ व्यवस्थामाथि प्रभुत्व जमाएको छ। देशको जिडिपीको ६०% भाग सेवा क्षेत्रले नै ओगटेको छ। यस देशलाई युरोपको गरीब मुलुकहरु मध्यरमा लिइन्छ। युरोप महादेशमा सब भन्दा कम मानव विकास सूचकांक यस देशकै रहेको छ।

मोल्दोभा संसदीय गणतन्त्र रहेको छ। यसमा राष्ट्रपति, राष्ट्र प्रमुख र प्रधानमन्त्री, सरकारको प्रमुख हुन्छन्। माल्दोभा संयुक्त राष्ट्र संघ, यूरोप काउन्सिल, विश्व व्यापार संगठन (डब्ल्यूटीओ), सुरक्षा र सहयोग युरोप मा संगठन (ओएससीई), GUAM संगठन प्रजातन्त्र र आर्थिक विकास, स्वतन्त्र राज्यहरुको राष्ट्रमंडल को सदस्य देश हो।

इतिहास

मोल्दोभा ‍शब्दको उत्पत्ति मोल्दोभा नदी बाट भएको हो। सन् १३५९ मा मोल्दोभा नदीका उपत्यका राजनीतिक केन्द्रविन्दुमा विकसित भयो। नदीको नामको उत्पत्ति भने एकिनका साथ भन्न सकिदैँन।

सन् १९९० मा यसको नाम मोल्दाभा रहे पनि, सोभियत संघको विघटन भएपश्चात् यसको नाम रोमानिया भाषा अन्तर्गत मोल्दोभा (रिपब्लिक अफ मोल्दोभा) रहन गयो।

सरकार‍‍

सन् १९९४ को संविधान अन्तर्गत मोल्दोभाको सरकारी षंयन्त्र आधारित रहेको छ। संविधान संसोधनका लागि दुई तिहाइको मत आवश्यक पर्छ भने सरकारी व्यवस्थामा एकात्मक संसदीय प्रतिनिधि प्रणाली रहेको छ। संविधान संसोधन युद्धको समयमा वा देशको गम्भिर अवस्थामा गर्न नपाइने व्यवस्था रहेको छ; मौलिक अधिकारलाई संसोधन गर्न नपाइने व्यवस्था रहेको छ।

मुलुकको केन्द्रीय विधायिका अन्तर्गत एक सदनात्मक मोल्दोभन संसद रहेको छ। यसमा १०१ सीट छ र जसका सदस्यहरू प्रत्येक चार बर्षमा पार्टी सूचीमा लोकप्रिय मतले चुनिन्छन्।

राज्यका प्रमुख मोल्दोभाका राष्ट्रपति हुन्छन् जसलाई मोल्दोभन संसदको चुनेका थिए जसलाई पाँच भाग मध्ये तीन भागको समर्थन आवश्यक पर्दछ। मोल्डोभाका राष्ट्रपति २००१ देखि संसदले निर्वाचित गर्ने प्रक्रियासुरु भएको हो। यो परिवर्तनले व्यवस्थापिकाको पक्षमा कार्यकारी अधिकार घटाउने योजना बनायो। संवैधानिक अदालतले सन् ४ मार्च २०१६मा यस पक्रियालाई असैवधानिक ठहाराई राष्ट्रपतिको चुनावी विधिलाई दुईपक्षीय प्रणालीको प्रत्यक्ष निर्वाचनमा उल्टाइयो।

राष्ट्रपतिले एक प्रधानमन्त्री नियुक्त गर्दछन् जसले सरकारको प्रमुखको रूपमा काम गर्दछन्। प्रधानमन्त्रीको भुमिका मन्त्रिपरिषद् भेला पार्छन्, जुन दुबै संसद बाट स्वीकृति हुनुपर्दछ।

माल्दोभाको संविधानले स्वतन्त्र संवैधानिक अदालतको स्थापना गरेको छ। यसमा ६ जना न्यायाधीशहरू (राष्ट्रपतिद्वारा नियुक्त गरेको, दुईजना संसदले र दुई जना सर्वोच्च अदालतको) द्वारा बन्ने गर्दछ। अदालतले संसदका सबै कार्यहरू, प्राथमिक आदेशहरू र देशले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धि माथि न्यायिक पुनरावलोकनको गर्ने गर्दछ।

भुगोल

अर्थ

संस्कृति

मोल्दोभा: इतिहास, सरकार‍‍, भुगोल 
मोल्दोभाको खाद्य परिकार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

मोल्दोभा इतिहासमोल्दोभा सरकार‍‍मोल्दोभा भुगोलमोल्दोभा अर्थमोल्दोभा संस्कृतिमोल्दोभा सन्दर्भ सामग्रीहरूमोल्दोभा बाह्य कडीहरूमोल्दोभा

🔥 Trending searches on Wiki नेपाली:

वेब्याक मेसिनचाडपर्वहर्रोरवि लामिछानेरक्सीअनमोल केसीनेपालमा पर्यटनवाच्य (व्याकरण)मार्क्सवादमहालेखा नियन्त्रकको कार्यालयमधेश प्रदेशनेपालको पञ्चवर्षीय योजनाविधिशास्त्रमिथुन चक्रवर्तीगुरुङ जातिनेपालमा भ्रष्टाचारहिमाली प्रदेश (नेपाल)सदर चिडियाखाना, नेपालचितवन राष्ट्रिय निकुञ्जयशू ख्रिष्टदोलखा भीमसेननेपालमा महिला अधिकारसङ्खुवासभा जिल्लालाली गुराँसनेपाल प्रहरीसार्वभौमसत्ताग्लोबल आईएमई बैंकनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुविनोद चौधरीमाछापुच्छ्रे हिमालमहिला सशक्तिकरणबीमासमाजवादचेकगोरखा जिल्लाबृहस्पति (ज्योतिष)मूल्य अभिवृद्धि करकाठमाडौँ जिल्लाराउटे जातिविकिपिडियाधनगढी उपमहानगरपालिकाराष्ट्रिय सभा (नेपाल)बन्दी प्रत्यक्षीकरणसन्दुक रुइतपरमादेशमानव अधिकारचुलाचुली गाउँपालिकाउपमहानगरपालिकाकन्चटरस (काव्य शास्त्र)स्नातक तहभ्रष्टाचारजनसाङ्ख्यिकीय लाभांशनेपाली शब्दकोशनेपालको जनआन्दोलन २०६३बुढासुब्बा मन्दिरसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)विराटनगर महानगरपालिकाहस्तमैथुननेपाल स्काउटजीवनीव्यापारदमक नगरपालिकाभक्तपुर नगरपालिकामकैको खेतीभैरव अर्यालललितपुर महानगरपालिकाअङ्ग्रेजी भाषादोधारा चाँदनी पुलकर्मचारी सञ्चय कोषऋतुलागतचालु सम्पत्तिइन्टरनेटसहिदभूमि गाउँपालिकासर्पगन्धानागरिक उन्मुक्ति पार्टी🡆 More