भ्लादिमिर पुतिन

भ्लादिमिर भ्लादिमिरोभिच पुतिन (/ˈpuːtɪn/; रूसी: Влади́мир Влади́мирович Пу́тин  ( सुन्नुहोस्); जन्म; ७ अक्टोबर १९५२) रूसका राजनीतिज्ञ तथा वर्तमान राष्ट्रपति हुन्। पुतिनले ७ मे २०१२ देखि रूसमा राष्ट्रपतिको रूपमा सेवा गरिरहेका छन्। यसभन्दा पहिले उनी सन् २००० देखि २००८ सम्म रुसको राष्ट्रपति र सन् १९९९ देखि सन् २००० तथा सन् २००८ देखि सन् २०१२ सम्म रूसको प्रधानमन्त्री बनिसकेका छन्। सन् २०२१ काा अनुसार पुतिन युरोपेली राष्ट्रपतिहरूमा बेलारुसका अलेक्जेन्डर लुकासेन्को पछि दोस्रो सबैभन्दा लामो समय शासन चलाउने राष्ट्रपति हुन्।

भ्लादिमिर पुतिन
Владимир Путин
भ्लादिमिर पुतिन
रूसको राष्ट्रपति
पद बहाली
७ मे २०१२
प्रधानमन्त्रीभिक्टर जुबकोभ
दिमित्री मेदभेदेभ
मिखाइल मिसुस्तिन
पूर्वाधिकारीदिमित्री मेदभेदेभ
कार्यकाल
७ मे २००० – ७ मे २००८
कार्यकारी: ३१ डिसेम्बर १९९९ – ७ मे २०००
प्रधानमन्त्रीमिखाइल कास्यानोभ
मिखाइल फ्रादकोभ
भिक्टर जुबकोभ
पूर्वाधिकारीबोरिस येल्तसिन
उतराधिकारीदिमित्री मेदभेदेभ
रुसका प्रधानमन्त्री
कार्यकाल
८ मे २००८ – ७ मे २०१२
राष्ट्रपतिदिमित्री मेदभेदेभ
सहायकइगोर सुभालोभ
पूर्वाधिकारीभिक्टर जुबकोभ
उतराधिकारीदिमित्री मेदभेदेभ
कार्यकाल
९ अगस्ट १९९९ – ७ मे २०००
कार्यकारी: ९ अगस्ट १९९९ – १६ अगस्ट १९९९
राष्ट्रपतिबोरिस येल्तसिन
सहायकभिक्टर ख्रिसतेन्को
मिखाइल कास्यानोभ
पूर्वाधिकारीसर्गेई स्तेपासिन
उतराधिकारीमिखाइल कास्यानोभ
संयुक्त रूसका नेता
कार्यकाल
१ जनवरी २००८ – ३० मे २०१२
पूर्वाधिकारीबोरिस ग्रिजलोभ
उतराधिकारीदिमित्री मेदभेदेभ
सुरक्षा परिषद्को अध्यक्ष
कार्यकाल
९ मार्च १९९९ – ९ अगस्ट १९९९
राष्ट्रपतिबोरिस येल्तसिन
पूर्वाधिकारीनिकोले बोर्दयुझा
उतराधिकारीसर्गेई इभानोभ
सङ्घीय सुरक्षा परिषद्को अध्यक्ष
कार्यकाल
२५ जुलाई १९९८ – २९ मार्च १९९९
राष्ट्रपतिबोरिस येल्तसिन
पूर्वाधिकारीनिकोले कोभाल्योभ
उतराधिकारीनिकोलाई पात्रुसेभ
व्यक्तिगत विवरण
जन्म
भ्लादिमिर भ्लादिमिरोभिच पुतिन

(1952-10-07) ७ अक्टोबर १९५२ (उमेर ७१)
लेनिनग्राद, सोभियत सङ्घ
(हाल सेन्ट पिटर्सबर्ग, रुस)
राष्ट्रियतारूसी
राजनीतिक दलसोभियत सङ्घ कम्युनिस्ट पार्टी (१९७५-९१)
आवर होम रूस (१९९५–९९)
युनिटी (१९९९-२००१)
स्वतन्त्र (सन् १९९१-९५; २००१-०८)
युनाइटेड रसिया(सन् २००८-वर्तमान)
अन्य राजनीतिक
संलग्नता
पिपल्स फ्रन्ट(सन् २०११–वर्तमान)
जीवन साथी
(
वि १९८३; सवि २०१४)
सन्तान(हरू)मारिया (जन्म १९८५)
येकातेरिना (जन्म १९८६)
मातृ शिक्षाप्रतिष्ठानसेन्ट पिटर्सबर्ग स्टेट विश्वविद्यालय
पुरस्कार=Order of Honor of the Russian Federation सम्मान
हस्ताक्षरभ्लादिमिर पुतिन
वेबसाइटआधिकारिक वेबसाइट
सैन्य सेवा
निष्ठाभ्लादिमिर पुतिन सोभियत सङ्घ
शाखा/सेवाकेजिबी
सेवाको वर्षहरूसन् १९७५-१९९१
श्रेणीभ्लादिमिर पुतिन कर्नल

पुतिनको जन्म लेनिनग्रादमा (अहिलेको सेन्ट पिटर्सबर्ग) भएको थियो। उनले लेनिनग्राद राज्य विश्वविद्यालयमा कानूनको अध्यायन गर्दै सन् १९७५ मा स्नातकसम्मको अध्ययन पुरा गरेका थिए। पुतिनले सोभियत सङ्घको वैदेशिक गुप्तचार संस्था केजिबीको विदेशी गुप्तचर अधिकारीको रूपमा १६ वर्ष काम गरेका थिए। त्यो क्रममा उनी कर्नल (नेपाली सेनाको प्रमुख सेनानी दर्जाको समकक्ष) पदसम्म बढुवा भएका थिए। सन् १९९१ मा उनले केजिबीबाट राजिनामा दिएर सेन्ट पिटर्सबर्गमा राजनैतिक यात्रा सुरु गरेका थिए। त्यसपछि सन् १९९६ मा उनी राष्ट्रपति बोरिस यल्तसिनको प्रशासनमा सामेल हुन मस्को सरेका थिए। उनले त्यहाँ सङ्घीय सुरक्षा सेवाको निर्देशक र सुरक्षा परिषदको सचिवको रूपमा काम गरेका थिए। सन् १९९९ को अगस्टमा उनी प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। राष्ट्रपति बोरिस यल्तसिनको राजिनामा पश्चात् पुतिन कार्यबाहक राष्ट्रपति हुँदै त्यसको ४ महिना पछि भएको निर्वाचनमा उनी पहिलो राष्ट्रपतिको पहिलो कार्यकालको लागि निर्वाचित भएका थिए भने सन् २००४ मा पुनः निर्वाचित भएका थिए। संविधानले लगातर दुई कार्यकालसम्म मात्र सिमित गरेको हुनाले सन् २००८ देखी २०१२ सम्म प्रधानमन्त्री बनेका पुतिन सन् २०१२ र २०१८ मा राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। सन् २०२१ अप्रिलमा उनले एउटा संवैधानिक बदलावको कानूनमा हस्ताक्षर गरेपछि उनी अर्को दुई पटक राष्ट्रपति बन्न सक्छन् र उनको राष्ट्रपतिकाल सन् २०३६ सम्म लम्बिन सक्छ।

उनको पहिलो राष्ट्रपति कार्यकालमा रूसको अर्थतन्त्र सिधा आठ वर्षसम्म बृद्धि भएको थियो भने त्यस अवधिमा क्रय शक्तिअनुसार मापन गरिने जिडिपी ७२% बृद्धि हुनुका साथै आय २.५ गुणाले बढेको थियो। पहिलोपटक राष्ट्रपतिमा नियुक्त भएका पुतिनको कार्यकालमा ज्याला-तलब ३ गुणा भन्दा धेरैले वृद्धि हुनका साथै बेरोजगारी र गरिबी आधा भन्दा धेरै कम भएको थियो भने आत्म-मूल्याङ्कन जीवन सन्तुष्टी उल्लेख्यनीय रूपले वृद्धि भएको थियो। इराक युद्धपछि तेल र ग्याँसको मूल्यमा भएको पाँच गुणा वृद्धि, कम्युनिष्ट शासन पछिको आर्थिक मन्दी र वित्तीय सङ्कटबाट पुन: सामान्यकरण, वैदेशिक लगानीमा वृद्धि र विवेकपूर्ण आर्थिक तथा वित्तीय नीतिहरूको परिणाम यी वृद्धि थियो। सन् २००८ देखि २०१२ सम्म दिमित्री मेदभेदेभको मातहतमा प्रधानमन्त्री बनेर उनले ठूलो मात्रामा सैन्य सुधार र प्रहरी सुधारकाा कार्यहरू गरेका थिए। सन् २०१२ मा पुतिनले लगभग ६४% मतले विजय हासिल गरेपछि उनले राष्ट्रपतिको रूपमा तेस्रो कार्यकाल सम्हालेका थिए। सन् २०१४ को सुरुवातमा रूसद्वारा क्रिमियाको बिलय र डोनबासको युद्ध पश्चात् तेलको मूल्यमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको थियो भने सन् २०१५ मा कुल ग्राहस्थ उत्पादन ३.७% ले घटेको थियो। सन् २०१६ मा रूसी अर्थव्यवस्थामा ०.३% कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखा परेेपछि मन्दी आधिकारिक रूपमा समाप्त भएको थियो। पुतिनको नेतृत्वमा भएको विकासमा पाइपलाइन निर्माण, उपग्रह नेभिगेसन प्रणाली ग्लोसनासको पुनर्स्थापना र सोचीमा सन् २०१४ शीतकालीन ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि पूर्वाधारको निर्माण समावेश छ। पुतिनले सन् २०१८ को चुनावमा ७६% मत प्राप्त गर्दै सन् २०२४ सम्मका लागि राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका थिए।

प्रारम्भिक जीवनी

भ्लादिमिर पुतिनको जन्म सन् १९५२ अक्टोबर ७ मा लेनिनग्रादमा भएको थियो। किशोरावस्थामा भ्लादिमिर पनि अन्तरिक्ष यात्री बन्ने सपना बनाएका थिए तर बढ्दो उमेरसँगै विश्वका प्रमुख युद्धहरूमा जासुसहरूले खेलेको भूमिकाका बारेमा लेखिएका चर्चित कथाले उनलाई आकर्षित गरेपछि उनले सोभियत सङ्घको गुप्तचर संस्था केजिबीमा सेवा गर्ने मन बनाएका थिए।

एउटा सफल गुप्तचर बन्नको लागि कानून विषयको राम्रो ज्ञान आवश्यक पर्ने सल्लाह बमोजिम उनले लेनिनग्राद राजकीय विश्वविद्यालयमा भर्ना लिएका थिए। कानून विषयमा उच्च शिक्षा प्राप्त गरिसकेपछि उनले सन् १९७५ मा केजिबी भर्ना भएका थिए। उनलाई केजिबी एजेन्टको रूपमा सन् १९८५ मा तत्कालीन पूर्वी जर्मनीमा नियुक्त गरिएको थियो। उर्जावान र प्रतिभाशाली युवा भएकै कारणले उनलाई पाँच वर्षमा एउटै कार्यालयभित्र दुईपटक बढुवा गरिएको थियो। सन् १९९० मा जर्मनीबाट फिर्ता भएपछि उनले लेनिनग्रादको मेयरको अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकारको रूपमा काम गर्न थालेका थिए।

राजनीतिक जीवन

सेन्ट पिटर्सबर्गमा प्रशासन कार्य (सन् १९९०–१९९६)

सन् १९९० मा पुतिनलाई लेनिनग्रादका मेयर अनातोली सब्चाकको सल्लाहकारको रूपमा नियुक्त गरिएको थियो भने त्यहाँबाट उनले आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए। २८ जुन १९९१ मा उनी सेन्ट पिटर्सबर्ग मेयर कार्यालयको विदेश समितिको प्रमुख बन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक लगानी प्रबर्द्धनको जिम्मेवारी प्राप्त गरेका थिए। पुतिनको अध्यक्षतामा यो समितिले व्यवसायिक उद्यमहरू पनि दर्ता गरेको थियो।

सन् १९९४ देखी १९९६ सम्म पुतिनले सेन्ट पिटर्सबर्गमा अन्य विभिन्न राजनीतिक र सरकारी क्षेत्रमा काम गरेका थिए।

मस्कोमा प्रारम्भिक वृती  (सन् १९९६–१९९९)

भ्लादिमिर पुतिन 
सङ्घीय सुरक्षा सेवाको निर्देशकको रूपमा पुतिन, सन् १९९८ जनवरी १

सन् १९९६ मा मेयर अनातोली सब्चाक लेनिनग्रादको चुनावमा पराजित भएपछि पुतिनलाई मस्को बोलाइएको थियो। सङ्घीय सुरक्षा सेवाको निर्देशकको रूपमा पुतिन, १ जनवरी १९९८ बाट राष्ट्रपति बोरिस येल्तसिनको प्रशासन कार्यालयमा काम सुरु गरेका थिए। उनी यस पदमा मार्च १९९७ सम्म बसेका थिए।

सन् १९९७ मार्च २६ मा राष्ट्रपति बोरिस येल्तसिनले पुतिनलाई राष्ट्रपति प्रशासनको उप-प्रमुखको रूपमा नियुक्त गरेपछि उनले सन् १९९८ को मे महिनासम्म काम गरेका थिए। यसका साथै सन् १९९८ जुुन सम्ममा उनी राष्ट्रपति सम्पत्ति प्रबन्धन विभागको मुख्य नियन्त्रण निर्देशालयको प्रमुख पनि थिए। २५ मे १९९८ मा पुतिनलाई सङ्घीय सुरक्षा सेवाको (उत्तराधिकारी एजेन्सी मध्ये एक) प्रमुखमा नियुक्त गरिएको थियो। उनी १ अक्टोबर १९९८ मा रूसी सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य र २९ मार्च १९९९ मा पुनः परिषदीयको सचिव बनेका थिए।

प्रधानमन्त्री (सन् १९९९)

९ अगस्ट १९९९ मा भ्लादिमिर पुतिनलाई तीन उप-प्रधानमन्त्री मध्ये एकमा नियुक्ति गरिएपछि सोही दिन राष्ट्रपति बोरिस येल्तसिनले उनलाई रूसी सङ्घीय सरकारको कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए। एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति येल्तसिनले पुतिनलाई आफ्नो उत्तराधिकारीको रूपमा प्रस्तुत गरेेेकै दिन पुतिनले राष्ट्रपति पदको चुनावमा लड्ने सहमति जनाएका थिए।

१६ अगस्टमा राजकीय डुमाले पुतिनको पक्षमा २३३ मत दिएर प्रधानमन्त्री पदमा उनको नियुक्तिलाई मञ्जुरी दिएको थियो। बहुमतको लागि २२६ आवश्यक भएकोमा उनले साधारण बहुमत प्राप्त गरेका थिए। यसको साथ उनी अठार महिना भित्र रूसको पाँचौँ प्रधानमन्त्री बनेका थिए। सुरुवातमा उनलाई येल्तसिनको समर्थकको रुपमा देखिएको थियो भने बोरिस येल्तसिनको अन्य प्रधानमन्त्री जस्तै पुतिनले पनि आफ्नो मन्त्रीको चयन आफै गरेका थिएनन्। उनको मन्त्रीमण्डलको निर्धारण राष्ट्रपति प्रशासनद्वारा गरिन्थ्यो।

यस बीच रूस चेचन्यामा रूसबाट पृथकातावादी लडाइँ चलिरहेको थियो। रूसी सेनाले चेचन्यामाथि छिटो नियन्त्रण जमाएपछि पुतिनको कानूनी व्यवस्थाको समर्थ छवि र चेचन्यामा कडा नजरको कारण उनको लोकप्रियता निकै बढेको थियो।

पुतिनले नवगठित संयुक्त पार्टी प्रति आफ्नो समर्थन जनाएका थिए। यस पार्टीले सन् १९९९ को डिसेम्बरमा भएको ड्युमा निर्वाचनमा लोकप्रिय मतको दोस्रो सबैभन्दा ठूलो अंश (२३.३%) जितेको थियो। यसको बदलामा पार्टीले पनि उनको समर्थन गरेेको थियो

कार्यवाहक राष्ट्रपति (सन् १९९९-२०००)

भ्लादिमिर पुतिन 
येल्तसिन सँगै राष्ट्रपति पदको शपथ लिँदै पुतिन, सन् २००० मे

सन् १९९९ डिसेम्बरमा राष्ट्रपति येल्तसिनको कार्यकाल पूरा हुनुभन्दा अगाडिनै आफ्नो पदबाट राजीनामा दिएका थिए भने रूसको संविधान अनुसार पुतिन रूसको कार्यवाहक राष्ट्रपति बनेका थिए।

त्यसै दिन उनले आफ्नो पहिलो आदेशमा हस्ताक्षर गरेपछि त्यसको अनुसार "निवर्तमान राष्ट्रपति र उनका नातेदार विरुद्ध भ्रष्टाचारको आरोपमा कुनै कारबाही गरिँदैन।" भन्ने सुनिश्चित गरिएको थियो। सन् २००१ फेब्रुअरी १२ मा पुतिनले यसै आदेशसँग मिल्दोजुल्दो सङ्घीय कानूनमा हस्ताक्षर गरे जसले सन् १९९९ मा दिइएको आदेशको स्थान लिएको थियो।

येल्तसिनको राजिनामाको परिणामस्वरूप तीन महिना भित्र राष्ट्रपतीय निर्वाचन गरिएपछि पुतिनको पक्षमा ५२.९४% मत झरेपछि उनले निर्वाचनमा विजय हासिल गरेका थिए।

राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल (सन् २०००-२००४)

सन् २००० को मे ७ का दिन राष्ट्रपति कार्यलय सम्हालेका पुतिनले अर्थमन्त्री मिखाइल कास्यानोभलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए।

पुतिनले राष्ट्रपति पद सम्हाले लगत्तै उनले देशको राजनीतिलाई प्रभावित गर्ने कोशिस गरिरहेका ठूला व्यवसायी र अरबपतीहरू विरुद्ध सङ्घर्ष सुरु गरेका थिए। पुतिनको शासनकालमा रूसले ठूलो सफलता हासिल गरेको थियो। उनको शासनकालमा कार्यकालमा कुल गार्हस्थ उत्पादनको औसत वार्षिक वृद्धि दर ६.५ प्रतिशत थियो। त्यसपछि उनकै कार्यकालमा विदेशी ऋणलाई पनि रूसले चुक्ता गरेेको थियो जसकारण विदेशी मुद्रा भण्डारमा वृद्धि भएको थियो। युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकासँग रूसको सम्बन्ध बलियो बनाउन, नाटोको साथ सहयोगको सुरुवात गर्न र रूसलाई विश्व व्यापार सङ्गठनको सदस्य बनाउनको लागि गरिएको प्राथमिक कदममा पुतिनलाई सफलता हासिल भएको थियो।

यस अवधिमा पुतिनको छवि बिगार्ने केही घटना पनि घटेका थिए। पनडुब्बी 'कुर्स्क' डुबेको घटनालाई संवेदनशील ढङ्गबाट नसम्हालेको कारण उनको आलोचना भएको थियो। अगस्ट २००० को यस पनडुब्बी डुबेको घटनामा त्यहाँ सवार ११८ मानिसहरू मारिएका थिए। त्यतिबेला पुतिन आफ्नो बिदामा बसेका कारण फर्केर आएका थिएनन् बिदाबाट फर्केको कयौँ दिन पछि मात्र उनले घटनास्थलको भ्रमण गरेका थिए। सन् २००२ मा जब चेचेन आतङ्ककारीले मस्कोको एक सङ्गीत थिएटरमा कब्जा गरेपछि त्यहाँका १२९ दर्शकहरू मारिएका थिए। पुतिनका आलोचकहरूले "यस कारबाहीको समयमा आम सर्वसाधारणको जीवनसँग खेलवाड गरिएको थियो र क्रेमलिनद्वारा वास्तविक जानकारी आम मानिसबाट लुकाइएको थियो" भन्नेे गरेका थिए। त्यससमय रूसी प्रेस र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा "यस घटनाबाट राष्ट्रपति पुतिनको लोकप्रियतामा गम्भीर नोक्सान हुने" बताइएको थियो। यसको बाबजुद घेराबन्दी समाप्त भएको केही समयपछि यी अनुमानहरू गलत साबित भएका थिए। रूसी राष्ट्रपति पुतिनको सार्वजनिक लोकप्रियता शिखरमा थियो। रूसको ८३% जनता पुतिन र यस घटन सम्हाल्ने उनको तरिकाबाट सन्तुष्ट बनेका थिए।

सन् २००३ मा चेचन्यामा एक जनमत सङ्ग्रह आयोजित गरिएपछि त्यसका अनुसार एक नयाँ संविधानले स्वीकृत प्राप्त गरेको थियो। यस संविधान अनुसार चेचन्यालाई रूसको एक अंशको रूपमा घोषणा गरिएको थियो। चेचन्यामा संसदीय चुनाव र एक क्षेत्रीय सरकारको स्थापना गरेर अवस्था विस्तारै विस्तारै स्थिर भएको थियो।

राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल (सन् २००४-२००८)

भ्लादिमिर पुतिन 
सन् २००५ मा लाल चोकको विजय दिवस परेडमा बोलिरहेका पुतिन

सन् २००४ मा ७१ प्रतिशत मतको साथ पुतिन दोस्रोपटक राष्ट्रपति निर्वाचित भएका थिए। २००४ सेप्टेम्बरमा आतङ्कवादीहरूले बेसलानमा स्थित एक विद्यालयमा १,१०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाएका थिए। यस घटनामा सयौँ मानिसहरूको मृत्यु भएको थियो। यो घटनापछि पुतिनले कयौँ व्यापक प्रसाशनिक कदम उठाएका थिए।

रूसमा सञ्चार माध्यममा स्वतन्त्रताको विरुद्ध व्यापक स्तरमा कारबाहीको लागि पश्चिमी जगत एवम् रूसी उदारवादीहरूमाझ पुतिनको आलोचना भएको थियो। सन् २००६ अक्टोबर ७ मा अना पलिटकोभ्स्काया नामक एक पत्रकारको उनकै कोठामा गोली हानी हत्या गरिएको थियो जसले चेच्न्यामा रूसी सेनाको अनुचित आचरण र भ्रष्टाचारको उजागर गरेका थिए। पलिटकोभ्सेकायाको मृत्युप्रति पश्चिमी सञ्चार माध्यमहरूले तीखो प्रतिकृया दिएका थिए भने उनीहरूले पुतिनमाथि स्वतन्त्र सञ्चार माध्यमको रक्षा गर्न असफल भएको आरोप लगाएका थिए।

सन् २००७ को सेप्टेम्बर १२ का दिन पुतिनले प्रधानमन्त्री मिखाइल फ्रादकोभको अनुरोधमा सरकार भङ्ग गरेपछि उनले भिक्टर जुबकोभलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल (सन् २००८-२०१२)

रूसी संविधान अनुसार पुतिन लगातार तेस्रो पटकसम्म राष्ट्रपति बन्न पाउँदैनथे। सन् २००८ मा राष्ट्रपति निर्वाचनमा पुतिनले दिमित्री मेदभेदेभलाई समर्थन गरे भने उनले आफ्नो तर्फबाट चिनाव जितेपछि पुतिनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने वचन दिएका थिए। मेदभेदेभले ७०.२८ प्रतिशत मत पाएर चुनावमा भारी बहुमतले जित हासिल गरेपछि उनले निर्वाचन अघि आफूले गरेको वचन पूरा गर्दै पुतिनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। यसपछि पत्रकारहरूले यी दुई नेताद्वारा बनाइएको सत्तातन्त्रलाई एक "राजनैतिक जोडीको सत्ता" को नाम दिएका थिए।

यस बीच रूसी अर्थव्यवस्थामाथि ठूलो आर्थिक शिथिलता (सन् २००७-८) को गहिरो असर पर्नुका साथै पश्चिमी ऋण तथा लगानी प्रवाहमा रुकावट आउन सुरु भएको थियो। यसै समय सन् २००८ मा दक्षिणी ओसेसिया युद्ध पनि सुरु भएकाले युद्धमा रूसले नेटो सहयोगी जर्जियालाई पराजित गरेपछि त्यसको परिणामस्वरूप युरोपेली सङ्घ र अमेरिकासँग रूस सम्बन्धमा तनाव आएको थियो।

रूसको स्थिरीकरण कोषमा सञ्चित एक ठूलो वित्तीय भण्डार र कुशल व्यवस्थापनका कारण यस सङ्कट जुध्न र सन् २००९ पछि आर्थिक वृद्धिको यात्रा सुरु गर्न देशलाई सहायता मिलेेेेको थियो। सङ्कटसँग जुध्न लिइएको निर्णय र उठाइएको कदमको विश्व बैंकले सन् २००८ नोबेम्बरको रूस आर्थिक प्रतिवेदनमा प्रशंसा गरेको थियो।

सन् २०११ को सेप्टेम्बर २४ का दिन मस्कोमा संयुक्त रूसको काङ्ग्रेसमा राष्ट्रपति मेदभेदेभले सार्वजनिक रूपमा सन् २०१२ को राष्ट्रपति चुनावमा आफू उम्मेदवार नहुने र यस पदमा पुतिनलाई समर्थन गर्ने घोषणा गरेका थिए।

सन् २०११ डिसेम्बर ४ मा भएको संसदीय चुनावमा राष्ट्रपति समर्थक सत्तारूढ पार्टी "युनाइटेड रसिया" लाई लगभग ५० प्रतिशत मत प्राप्त भए लगत मस्को र रूसको अन्य सहरमा चुनावको समयमा सत्तारूढ पार्टीद्वारा धाँधली गरिएको दाबी गर्दै भएको सडक प्रदर्शनमा हजारौँ मानिसहरू सहभागी भएका थिए। यो पुतिनको समयमा भएको सबैभन्दा ठूलो विरोध प्रदर्शन थियो। प्रदर्शनकारिहरूले पुतिन र युनाइटेड रसिया आलोचना गर्दै चुनाव परिणाम खारेज गर्न माग गरेका थिए। यसको बदलामा पुतिनका समर्थकहरूले पनि कयौँँ र्‍याली प्रदर्शन गरे जुन पुतिन विरोधी प्रदर्शन भन्दा निकै व्यापक थियो।

राष्ट्रपतिको रूपमा तेस्रो कार्यकाल (सन् २०१२-२०१८)

सन् २०१२ मार्च ४ मा पुतिन ६३.६% मतका साथ राष्ट्रपतीय निर्वाचनमा निर्वाचित भएका थिए। चुनावलाई पारदर्शी बनाउनको लागि मतदान केन्द्रमा वेब क्यामराको प्रयोग सहित अन्य प्रयास प्रचारित गरिएको थियो। यद्यपि रूसी विपक्षी तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरूले चुनावको आलोचना गर्दै प्रक्रियामा अनियमितता भएको आरोप लगाएका थिए।

राष्ट्रपति पदको प्रचार अभियानको तत्कालै पुतिन विरोधी प्रदर्शन भएका थिए। यसमा फेब्रुअरी २१ को पुस्की विरोध र यसमा सहभागीहरूमा मुद्दा सबभन्दा चर्चामा रहेको थियो। यसबाहेक मे ६ का दिन पुतिनको स्वदेश फिर्ताका विरुद्धमा मस्कोको एक र्‍यालिमा प्रहरीसँग भएको झडपमा ८० मानिसहरू घाइते भएका थिए भने ४५० प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको थियो। प्रहरी र प्रदर्शनकारीहरू बीच भएको यस झडपको विरोधमा त्यस दिन लगभग ८,००० देखि २०,००० व्यक्तिहरू जम्मा भएका थिए।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दिन पुतिनले १४ आदेश जारी गरेका थिए जसमा रूसी अर्थव्यवस्थाको लागि व्यापक लक्ष्यको विस्तारमा वर्णन गरिएको थियो। अन्य आदेशमा शिक्षा, आवास, कुशल श्रम प्रशिक्षण, युरोपेली सङ्घसँगको सम्बन्ध, रक्षा उद्योग, अन्तर जातीय सम्बन्ध र अन्य नीति क्षेत्रसँग सम्बन्धित थिए जुन राष्ट्रपति अभियानको समयमा पुतिनद्वारा जारी गरिएको थियो।

सन् २०१२ र सन् २०१३ मा पुतिन र संयुक्त रूस पार्टीले सेन्ट पिटर्सबर्ग, अर्चँगेल्स्क र नोभोसिबिर्स्कमा समलैङ्गिक, उभयलिङ्गी र विपरीतलिङ्गी समुदायको विरुद्ध कडा कानून बनाउनेमा समर्थन जनाएका थिए। सन् २०१३ मा राजकिय डुमामा "समलैङ्गिक प्रचार" विरुद्ध एक कानून (जुनले इन्द्रेणी झन्डा जस्तो प्रतीकहरू र समलैङ्गिक सामग्री युक्त प्रकाशित कृतिहरू माथी प्रतिबन्ध लगाउँछ) पारित गरिएको थियो। रूसको यस कानून माथी अन्तर्राष्ट्रिय जगतमा उठेका प्रश्नहरूको जवाफ दिँदै पुतिनले भने ,"यो कानूनले केवल बाल यौन शोषण र समलैङ्गिकताको प्रचार माथि प्रतिबन्ध लगाउँछ"। उनले बताए अनुसार सन् २०१४ शीतकालीन ओलम्पिक हेर्न आउने समलैङ्गिक आगन्तुकहरूलाई बालबच्चाहरूबाट अलग राखिनुपर्छ। पुतिनले रूसमा समलैङ्गिकहरू विरुद्ध कुनै प्रकारको सामाजिक भेदभाव भएको कुरा अस्वीकार गरेका थिए। उनले खेलको समयमा उभयलिङ्गी आइस स्केट खेलाडी आइरिन बुस्टलाई सबैका अगाडि अङ्कमाल गरेका थिए।

राष्ट्रपतिको रूपमा चौँथो कार्यकाल (सन् २०१८–हाल)

सन् २०१८ मा भएको राष्ट्रपति चुनावमा पुतिनले ७६% भन्दा अधिक मतबाट विजय हासिल गरेका थिए। अहिले उनको चौँथो कार्यकाल जारी छ। उनको नयाँ कार्यकाल सन् २०१८ को मेमा प्रारम्भ भएको थियो। र २०२४ सम्म कायम रहनेछ। त्यहि दिन, पुटिनले दिमित्री मेदभेदेबलाई नयाँ सरकार बनाउन आह्वान गरे । २०१८ मे १५ मा, पुटिन क्रिमियाको पुल खण्डको राजमार्ग उद्घाटनमा सहभागी भए। १८ मे २०१८ मा, पुटिनले नयाँ सरकार गठन को आदेशमा हस्ताक्षर गरे | २५ मे २०१८ मा, पुटिनले रुसी संबिधान विपरित २०२४ मा राष्ट्रपति पदको लागि नउठ्ने घोषणा गरे | १४ जुन २०१८ मा, पुटिनले २१ औं फिफा विश्वकप, २०१८ को उद्घाटन गरे| यो विश्वकप रसियामा आयोजना हुने पहिलो विश्व कप थियो|

भ्लादिमिर पुतिन 
पुटिन र नव नियुक्त प्रधानमन्त्री मिखाइल मिसुस्तिन, मन्त्रीपरिषद बैठकमा, २१ जनवरी २०२०

आन्तरिक नीति

अर्थ, औद्योगिक र उर्जा नीति

सन् २००० मा पुतिनले "२०००-२०१० अवधिका लागि रूसी सङेघको सामाजिक-आर्थिक विकासका लागि कार्यक्रम" सुरू गरेेका थिए तर सन् २००८ मा यो कार्यक्रम बन्द गरिएको थियो। यस कार्यक्रमलाई अन्त्य गरिनेबेला यसको ३० प्रतिशत कार्यहरू मात्र सम्पन्न भएको थियो।

वातावरणीय नीति

सन् २००४ मा राष्ट्रपति पुतिनले हरितगृह ग्याँस उत्सर्जन कम गर्ने उद्देश्यले बनाइएको क्योटो प्रोटोकल सन्धिमा हस्ताक्षर गरेका थिए। यद्यपि रूसले क्योटो प्रोटोकलले सिमित गरेको उत्सर्जन सिमितता अनुसार कटौती गर्नु परेको भने थिएन। सोभियत सङ्घको विखण्डन पश्चात् आर्थिक गतिविधिमा कम भएको हुनाले रूसको हरितगृह ग्याँस उत्सर्जनमा समेत कमी आएको थियो।

पुतिनले व्यक्तिगत रुपमा नै रूसमा रहेका अमुर बाघ, सेतो ह्वेल, ध्रुविय भालु र हिउँ चितुवा लगायतका दुर्लभ तथा लोपोन्मुख जनावरका कयौँ संरक्षणीीय कार्यक्रमहरूको निरिक्षण गरेका छन्।

धार्मिक नीति

भ्लादिमिर पुतिन 
रूसका धार्मिक नेताहरूसँग पुतिन, सन् २००१ फेब्रुअरी

पुतिनको शासनकालमा बौद्ध धर्म, पूर्वी अर्थोडक्स ईसाई धर्म, इस्लाम र यहूदी धर्मले राज्यको सीमित समर्थन प्राप्त गरेको थियो। सन् १९९० को दशकमा सुरु भएको गिर्जाघरहरूको विशाल निर्माण र पुनर्स्थापनाले पुतिन शासनकालमा निरन्तरमा प्राप्त गरेपछि राज्यले विद्यालयहरूमा धर्मको पढाइलाई अनुमति दिएको थियो।

सैन्य विकास

रुसी रक्षा मन्त्री एनातोली सेर्दिउकोभले २००७ डिसेम्बर ५ मा पुटिनसँगको छलफलपछि लामो दुरीको रुसी स्ट्राटेजिक बम्बर फेरि सुरु गर्ने घोषणा गरे। यसमा एयरक्राफ्ट क्यारियर कुज्नेत्सोभ सहित ११ जहाजले सोभियत समय पछि पहिलो पटक भु-मध्य सागरमा पहिलो प्रमुख नौसेना छोटो यात्रा गर्यो। यो यात्रामा स्ट्राटेजिक बम्बर सहित ४७ एयरक्राफ्टको ब्याक-अप थियो।

२००० को दशकको प्रारम्भ देखि नै रसियाले आफ्नी सैन्य तथा रक्षा उद्योगमा पैसा बगाउन सुरु गरेको थियो। २००८ मा मात्र पूर्ज्न स्तरको रुसी सैन्य सुधार सुरु भय्प। यसको उद्देश्य रुसी सैन्य बलको आधुनिकीकरण र यसलाई अझ बढी प्रभावशाली बनाउनु थियो। यी सुधार धेरै हदसम्म रक्षा मन्त्री एनातोली सेर्दिउकोभबाट मेदभेदेबको राष्ट्रपतिकालमा, पुटिन, सरकार प्रमुखको रुपमा र मेदभेदेब, रुसी सैन्य बलको कमान्डर इनचिफको रुपमा, को सुपरिवेक्षणमा भएको थियो।

यी सुधारको प्रमुख तत्त्वमा सैन्य बलको संख्या १० लाखमा सिमित गर्नु, अधिकृतको संख्या कम गर्नु, रिजर्भ फौजको पुनर्संरचना, सेनालाई ब्रिगेड प्रणालीमा पुनर्संरचना गर्नु, हवाई सेनालाई रेजीमेन्टको साटो एयर बेस प्रणालीमा पुनर्संरचना गर्नु थियो।अ

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले १९७२ को ब्यालेस्टिक मिसाइल सन्धिबाट पछि हटेपछि, पुटिनले अमेरिकी क्षमतालाई सन्तुलनमा राख्न रुसी परमाणु क्षमता निर्माणको आदेश दिएर प्रतिक्रिया जनाए। धेरै विश्लेषकहरू पुटिनको रुसी परमाणु रणनीति १९८७ को मध्यम दुरीको परमाणु सन्धिको उल्लंघन भएको मान्छन्। यसको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आफूलाई यो सन्धिको बन्धनमा रहेको नमान्ने घोषणा गरे। र दुई शक्ति राष्ट्रबीच परमाणु संकट चुलियो। यसपछि पुटिनले रसियाले परमाणु संकटमा पहिलो लन्च नगर्ने बताए तर जुनसुकै दुश्मनलाई खरानी बनाउने र यस्तो संकटमा वीरगती हुने रुसीहरू "सहिदको रुपमा स्वर्ग जाने" कुरा बताए। धेरै सैन्य विश्लेषकहरू यो मान्छन् कि यदि परम्परागत युद्धमा पराजय बेहोरे रसियाले प्रतिद्वन्दीलाई वार्तामा ल्याउन पहिले परमाणु हमला गर्न सक्छ।

पुटिनले आर्टिक क्षेत्रमा रसियाको क्षेत्रीय दाबी र सैन्य उपस्थितिलाई पनि बढाउन खोजेका छन्। २००७ अगस्तमा, रुसी अभियान आर्टिका २००७ ले उत्तरी ध्रुवमा रुसी झण्डा फहरायो। आर्क्टिकमा तैनाथ रुसी सबमरिन र फौज दुवैको संख्यामा वृद्धि गरिएको छ।

अन्तराष्ट्रिय खेलकुद

वन्यजन्तु संरक्षण

भ्लादिमिर पुतिन 
सन् २००४ देखि पुतिनका विदेश मन्त्री रहेका सेर्गेइ लाभ्रोभ

विदेश नीति

भ्लादिमिर पुतिन 
नोबेम्बर २००१ मा पुतिनको अमेरिकी भ्रमण
भ्लादिमिर पुतिन 
बिस्केकमा पुतिन

परराष्ट्र मामिलामा पुतिनले कृत्रिम बौद्धिकताको पक्षमा बोलेका छन्। "कृत्रिम बौद्धिकता भविष्य हो, रूसको लागि मात्र नभई सम्पूर्ण मानवजातिको लागि। यसबाट विशाल अवसर आउँछ तर अनुमान गर्न गाह्रो हुने चुनौतीहरू पनि सिर्जना हुन्छ। जो यस क्षेत्रको नायक हुन्छ उसैले सारा संसारको शासक बन्छ।”

दक्षिण तथा पूर्वी एसिया

सन् २०१२ मा द हिन्दुमा पुतिनले एक लेख लेखे जुनमा उनले उल्लेख गरेका थिए, "रूस र भारत बिच सन् २००० ओक्टोबरमा हस्ताक्षर भएको रणनीतिक साझेदारी सच्चा रूपमा एक ऐतिहासिक पाइला बनेको छ।" पुतिनको सन् २०१२ को भारत भ्रमणको क्रममा प्रधानमन्त्री मनमोहन सिंहले "राष्ट्रपति पुतिन भारतको मूल्यवान मित्र र भारत-रूस रणनीतिक साझेदारीको वास्तविक वास्तुकार हुन्" भनेका थिए।

रूसले अन्य ब्रिक राष्ट्रसँग सकारात्मक सम्बन्ध राख्दछ। रूसले जनवादी गणतन्त्र चीनसँग सन् २००१ को चीन-रूस मैत्री सन्धि र चीनको उर्जा आवश्यकता पूर्ति गर्न ट्रान्स साइबेरिया तेल पाइपलाइनको निर्माणमा हस्ताक्षर गरी सम्बन्ध अझै सुदृढ बनाएको थियो। यी दुई राष्ट्रको र मध्य एसियायी छिमेकीको आपसी सुरक्षा सहयोगलाई सन् २००१ मा चीन कजाख्स्तान, किर्गिस्तान, रूस, ताजकिस्तान र उज्बेकिस्तानका नेताबाट साङ्घाई सहयोग सङ्गठन स्थापना भएको थियो।

पूर्वी सोभियत राज्य

पुतिनको मतहतमा क्रेमलिनले निरन्तर पूर्व सोभियत राज्यमा रूसको प्रभाव क्षेत्र र "विशेष स्वार्थ" रहेको बताएको थियो। यी राज्यहरूलाई रूसमा "नजिकको विदेश" भनिन्छ। पूर्व सोभियत राज्यहरू रूसका केही रूसी विश्लेषकहरूले यसलाई मोनेरो सिद्धान्तसँग तुलना गरेका छन्।

सन् २००३ मा जर्जियामा भएको गुलाब क्रान्ति, सन् २००४ मा युक्रेनमा भएको सुन्तला क्रान्ति र सन् २००५ मा किर्गिस्तानमा भएको ट्युलिप क्रान्ति जस्ता क्रान्तिको शृङ्खलाले यी देश र रूसबीचको सम्बन्धमा खटपट आएको थियो।

२००८ अगस्ट मा, जर्जियाका राष्ट्रपति मिखाइल साकास्विलीले अलग हुन खोजेको दक्षिण ओसेसियामा नियन्त्रण कायम गर्ने प्रयास गरे। यद्यपि, २००८ को दक्षिण ओसेसिया युद्धमा रुसी सेना दक्षिण ओसेसिया र अन्य जर्जियाली क्षेत्रमा प्रवेश गरेर जर्जियाबाट अलग हुन खोजेको अर्को प्रान्त अब्खाजियामा नयाँ मोर्चा खोलेपछि जर्जियाली सेना छिट्टै पराजित भयो।

रुस र अन्य सोभियत राज्यहरू वीचको विगतका र विद्यमान विवादको वावजुद, पुटिनले युरेसियन एकताको नीति अवलम्बन गरे। पुटिनले २०११ मा युरेसियन आर्थिक संघको अवधारणालाई समर्थन गरे; यो अवधारणा १९९४ मा काजख्स्तानका राष्ट्रपतिले प्रस्ताव गरेका थिए। २०११ नोभेम्बर १८ मा, बेलारुस, काजख्स्तान र रसियाले २०१५ भित्रमा युरेसियन युनियनको स्थापना गर्ने लक्ष्य कायम गर्ने बारे सम्झौतामा हस्ताक्षर गरे। २०१५ जनवरी १ मा युरेसियन युनियनको स्थापना भयो।

अमेरिका, युरोप र नेटो

पुतिनको मातहतमा रूस नेटो र अमेरिकासँगको विभिन्न चरण हुँदै गुज्रिएको थियो। पुतिन पहिलो पटक राष्ट्रपति बन्दा, सम्बन्ध सावधानीपूर्ण थियो। सेप्टेम्बर ११ को हमला पछि पुतिनले तुरुन्तै अमेरिकाको आतङ्कवाद विरुद्धको युद्धलाई समर्थन गर्दा साझेदारीको अवसर देखा परेेेेको थियो। यद्यपि अमेरिकाले रूसी सिमाना सम्मै नेटोको विस्तार र एकपक्षीय रूपमा सन् १९७२ को एन्टी ब्यालेस्टिक मिसाइल सन्धिबाट हात झिकेर प्रतिक्रिया दिएको थियो।

भ्लादिमिर पुतिन 
इटालीका प्रधानमन्त्री सिल्भिओ बेर्लुस्कोनीको साथमा पुतिन। दुई नेताहरूले निकट मित्रता कायम गरेका थिए।

सन् २००३ बाट जब रूसले इराक युद्धको समर्थन नगरी पुतिनले आफ्नो आन्तरिक तथा विदेश नीतिमा पश्चिमासँग फरक र टाढा हुँदै गए त्यसपछि सम्बन्ध बिग्रन जारी रहेेेेको थियो। त्यसपछि अमेरिकी मुलधारका सञ्चार माध्यमहरूको नजर ह्वाइट हाउससँगै पुतिन विरोधी बनेेको थियो।

२०२० जुन १८ मा, द नेसनल इन्ट्रेस्ट ले ९ हजार शब्द भएको 'द रियल लेसन अफ द सेभेन्टि फिफ्थ एन्निभर्सरी अफ वर्ल्ड वार टु" (अनुवाद: दोश्रो विश्व युद्धको ७५औं वार्षिकीको वास्तविक पाठ) शिर्षकको पुटिनको एक लेख प्रकाशित गर्यो । त्यस लेखमा, पुटिनले मोलोटोभ-रिबेनट्रोप सन्धिलाई दोस्रो विश्व युद्धको सुरुवातको रुपमा व्याख्या गर्ने पश्चिमा ऐतिहासिक दृष्टिकोणको आलोचना गरे। उनले मोलोटोभ-रिबेनट्रोप सन्धि सन्धि नभई म्युनिख सम्झौतालाई युद्धको सुरुवातको रुपमा उल्लेख गरेका छन्।

भ्लादिमिर पुतिन 
युनानी प्रधानमन्त्री एलेक्सिस सिप्रास र राष्ट्रपति भ्लादिमीर पुतिन, १५ मे २०१७

बेलायत

भ्लादिमिर पुतिन 
पुतिन र उनकी पत्नी ल्युदमिला पुतिना महारानी एलिजाबेथ द्वितीय, उनका पति राजकुमार फिलिप र प्रधानमन्त्री टोनी ब्लेयरसँँग भेट्दै, सन् २००५

सन् २००३ मा संयुक्त अधिराज्यले पुतिनका पूर्व सहयोगी रूसी ओर्लीगार्क बोरिस बेरेजोब्स्कीलाई राजनैतिक शरण दिएपछि रूस- संयुक्त अधिराज्य सम्बन्ध बिग्रन सुरु भएको थियो। बेलायतीहरूले जासुसी गरिरहेको तथा प्रजातन्त्र समर्थक र मानवअधिकार समूहलाई गोप्य रूपमा भुक्तानी गरेको आरोप लगाएपछि सम्बन्धमा झनै तिक्तता आएको थियो।

एलेक्जेन्डर लित्भिनेन्को माथि विष हमला

सन् २००६ को अन्त्यसम्ममा सम्बन्ध झनै खराब भएको थियो। पूर्व केजिबी तथा फेडरल सुरक्षा सेवाका अधिकारी एलेक्जेन्डर लित्भिनेन्को जो सन् २००३ मा गुप्तचर संस्थाको सदस्य बनेका थिए। सन् २००७ मा सम्बन्धको यो सङ्कट निरन्तर जारी रहेको थियो। पूर्व केजिबी अङ्गरक्षक अन्द्री लुगोभोइलाई लिभिनेन्कोको हत्यामा मुद्दा चलाउन रूसले सुपुर्दुगी गर्न अस्वीकार गरेपछि बेलायतले ४ रूसी दूतलाई निष्कासन गरेको थियो। बेलायतको कदमको प्रतिक्रिया स्वरूप रूसले बेलायती कुटनीतिज्ञलाई निष्कासन गर्दै प्रतिकारात्मक जवाफी कदम चालेेेेको थियो।

सन् २०१५-१६ मा बेलायत सरकारले एलेक्जेन्डर लित्भिनेन्कोको मृत्युको छनबिन गरेेेेको थियो। यसको प्रतिवेदनमा भनिएको थियो, "लित्भिनेन्कोलाई हत्या गर्ने एफएसबी अपरेसनलाई सायद पत्रुसेभ र राष्ट्रपति पुतिनले स्वीकृत दिएका थिए।" यो प्रतिवेदनले हत्याको लागि लित्भिनेन्कोको सार्वजनिक बयान र रूसी अपार्टमेन्ट बम हमलामा एफएसबिको सम्लग्नताबारे पुस्तक र "पुतिन र लित्भिनेन्को बीच व्यक्तिगत शत्रुता" सहित केही सम्भावित उद्देश्यहरू पनि उल्लेख गरेको थियो।

सेर्गेइ स्क्रिपालमाथिको विष हमला

सन् २०१८ मार्च ४ मा सेल्सबेरीमा पूर्व डबल एजेन्ट सेर्गेइ स्क्रिपाल माथि नोभिचोक नर्भ एजेन्टको विष हमला भएको थियो। त्यसको दश दिन पश्चात् बेलायत सरकारले औपचारिक रूपमा रूसमाथी हत्या प्रयासको आरोप लगाएको थियो जुन रूसले खारेज गरिदिएको थियो। संयुक्त राज्यले २३ रूसी कुटनीतिज्ञलाई निष्कासन गरेेेेेपछि त्यसको प्रतिक्रियामा रूसले पनि २३ बेलायती कुटनीतिज्ञलाई निष्कासन गरेको थियो।मार्च १५ मा बेलायती प्रधानमन्त्री टरिजा मेले भनिन् "यस्तो निन्दनीय कार्यका लागि हामी रूसलाई दोषी ठहर्‍याउँदछौँ।" मार्च १६ मा बेलायती विदेश मन्त्री बोरिस जोनसनले पुतिनले व्यक्तिगत रूपमा नै विषहमलाको आदेश दिएको बताएका थिए। पुतिनका प्रवक्ता दिमित्री पेस्कोभले आरोपलाई "कठोर र कुटनैतिक मर्यादा बाहिरको"को बताएका थिए।

अस्ट्रेलिया

सन् २००७ सेप्टेम्बरमा पुतिनले इन्डोनेसियाको भ्रमण गरेका थिए। ५० वर्ष भन्दा धेरै समय पछि रूसी नेताको यो पहिली इन्डोनेसिया भ्रमण थियो। यसै महिना पुुुतिनले सिड्नीमा भएको अपेक सम्मेलनमा उपस्थिति जनाएका थिए। उनले अस्ट्रेलियाली प्रधानमन्त्री जोन होवार्डसँग भेट्दै अस्ट्रेलियाबाट रूसले युरेनियम खरिद गर्न अस्ट्रेलियासँग युरेनियम व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए। रूसी राष्ट्रपतिको यो पहिलो अस्ट्रेलिया भ्रमण थियो।

ल्याटिन अमेरिका

भ्लादिमिर पुतिन 
पुतिन र ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारू, २०१९ जि २० शिखर मम्मेलन ओसाका जापानमा

पुतिन र उनका उत्तराधिकारी मेदेभेदेभको समयमा भेनेजुएलाका ह्युगो चाभेजसँग राम्रो सम्बन्ध थियो। यो सम्बन्ध सैन्य उपकरणले बलियो बनेको थियो। सन् २००५ यता भेनेजुएलाले रूससँग ४ अर्ब डलर बराबरको सैन्य उपकरण खरिद गरिसकेको थियो। सन् २००८ को सेप्टेम्बर मा रूसले प्रशिक्षण उडानको लागि तुपोलेभ तु-१६० बम्बर भेनेजुएला पठाएको थियो। सन् २००८ को नोभेम्बरमा क्यारिबियनमा दुवै देशले संयुक्त नौसेना अभ्यास गरेका थिए। सन् २००० को प्रारम्भमा पुतिनले फिडेल क्यास्ट्रो र क्युबासँग पनि बलियो सम्बन्ध पुनर्स्थापना गरेको थियो।

मध्यपूर्व र उत्तर अफ्रिका

भ्लादिमिर पुतिन 
पुतिनका साथमा इरानी राष्ट्रपति हसन रुहानी र टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगान, सेप्टेम्बर २०१८

१६ अक्टोबर २००७ मा पुतिन तेहरानमा दोस्रो क्यास्पियन शिखर सम्मेलनमा सहभागी हुन इरानको भ्रमण गरेका थिए। जहाँ उनले इरानी राष्ट्रपति मोहमद अहमदिनेजादसँग भेटवार्ता गरेका थिए। यो जोसेफ स्टालिनले सन् १९४३ मा तेहरान सम्मेलनमा सहभागी भए पश्चातको सोभियत वा रूसी नेताको पहिलो इरान भ्रमण थियो। भने यसले इरान-रूस सम्बन्धमा महत्वपूर्ण छाप छोडेको थियो। शिखर सम्मेलन पश्चातको पत्रकार सम्मेलनमा पुतिनले हामी क्यास्पियन राष्ट्रहरूसँग विना कुनै अवरोध शान्तिपूर्ण परमाणु कार्यक्रम विकास गर्ने अधिकार रहेको बताएका थिए। त्यसपछि मेदभेदेभको राष्ट्रपतिकालमा इरान-रूस सम्बन्ध अनियमित भएको थियो। रूसले इरानलाई हालसम्मकै सबैभन्दा प्रभावकारी एन्टी मिसाइल प्रणाली एस-३०० बिक्री गर्ने सम्झौता पुरा गरेको थिएन। यद्यपि रूसी विशेषज्ञहरूले इरान र मध्य पूर्वको पहिलो नागरिक बुसेहर परमाणु विद्युत् गृहको निर्माण सम्पन्न गरेको थियो भने रूसले लगातार इरानमाथि अमेरिका र युरोपेली सङ्घले लगाउने प्रतिबन्धको र इरान माथि गरिने सैन्य आक्रमणको चेतावनीको लगातार विरोध गरिरहेको थियो। पुतिनले इरानलाई "साझेदार"को रूपमा व्याख्या गरेतापनि उनले इरानी परमाणु कार्यक्रममा चासो व्यक्त गरेका भने थिएनन्।

अप्रिल २००८ मा पुतिन लिबिया भ्रमण गर्ने प्रथम रूसी राष्ट्रपति बनेका थिए। पुतिनले लिबिया माथि भएको विदेशी सैन्य हस्तक्षेपको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घको सङ्कल्प प्रस्ताव १९७३ "दोषपूर्ण र त्रुटिपूर्ण" रहेको बताएका थिए। कर्णेल मुअम्मर गद्दाफीको मृत्यु प्रति पुतिनले यसलाई अमेरिकाले गरेको "सुनियोजित हत्या" बताएका थिए। उनले भनेका थिए "तिनीहरूले (गद्दाफी) कसरी मारिए भनेर सम्पूर्ण विश्वलाई देखाए"र "त्यहाँ रगत जताततै थियो। के उनीहरूले भन्ने गरेको लोकतन्त्र यहि हो ?"

भ्लादिमिर पुतिन 
पुतिन बेन्जामिन नेतन्याहु र इजरेली राष्ट्रपतिका साथमा, सन् २०२०

सिरियाको सम्बन्धमा सन् २००० देखि सन् २०१० सम्म रूसले १.५ अर्ब डलर मूल्य बराबरको हतियार बिक्री भएपछि दमास्कस मस्कोको सातौँ ठूलो क्रेता बनेेेेको थियो। सिरियाली गृहयुद्धको समयमा रूसले सिरियाली सरकार विरुद्धका जुनसुकै प्रतिबन्धलाई भिटो गर्ने चेतावनी दिएको थियो भने रूसले सिरियाली सत्तालाई हतियार बिक्री गर्नलाई निरन्तरता दिइरहेको थियो।

पुतिनले सबै वैदेशिक हस्तक्षेपको विरोध गरेका थिए जसमा उनले २०१२ मा फ्रान्सेली राष्ट्रपति फ्रँस्वा ओलँदले दिएको बसर अल असद राजीनामा दिनु पर्छ भन्ने अभिव्यक्तिलाई विरोध गर्दै त्यसलाई अस्विकार गरेका थिए। "शासनविरोधी अतिवादीहरू धेरै रक्तपातका लागि जिम्मेवार थिए" भनेर पुतिनले असदको तर्क प्रतिध्वनि गरेका थिए।

२०१९ अक्टोबरमा, रुसी राष्ट्रपति पुटिनले संयुक्त अरब एमिरेट्सको भ्रमण गरे। उक्त भ्रमणमा युवराज मोहम्मद बिन जायदसँग अबु धाबीमा छ बुँदे सम्झौता भयो। ती मध्ये एकमा रुसी सार्वभौम सम्पत्ति कोष र एमेराती लगानी कोषको संयुक्त लगानी थियो। दुई देशले उर्जा, स्वास्थ र उन्नत प्रविधि क्षेत्रमा १.३ अर्ब डलरको लगानी सम्झौतामा हस्ताक्षर गरे।

ब्रिक्स शिखर सम्मेलन

भ्लादिमिर पुतिन 
ब्रिक्स नेताहरूको सामूहिक तस्विर ; सन् २०१८

राष्ट्रपति पुतिन सन् २०१३ देखि ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका ) शिखर सम्मेलन मा सहभागी भएका छन्।

व्यक्तिगत छबी

लोकप्रियता

मूल्यांकन

आलोचकहरू पुटिनले रसियालाई बोरिस येल्तसिनको प्रतिनिधित्व सरकारको मार्गबाट मोडेर अधिनायकवादी दिशामा डोर्याइरहेको बताउँछन्। पुटिनका राजनैतिक विपक्षी ग्यारी कास्पारोभले पुटिनलाई "अधिनायक", पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले "बुली" र "अहंकारी", र दलाई लामाले "आत्मकेन्द्रित" र "एकलौटी" बताएका छन्। पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले २०१४ मा पश्चिमा जगतले पुटिनको दानवीकरण गरेको कुरा "द वासिङटन पोस्टमा" व्यक्त गरेका थिए। पूर्वी जर्मनीका पूर्‍व नेता एगोन क्रेन्जले शीत युद्धको अन्त्य कहिल्यै नभएको कुरा बताए र भने, "गोर्वाचोभ र येल्तसिन जस्ता कमजोर राष्ट्रपति पछि [राष्ट्रपति भ्लादिमिर] पुटिन पाउनु रसियाको अहोभाग्य हो।"

अहिले रुसी जनताले पुटिनलाई पुरानो रुसी गौरव फिर्ता ल्याएको जस/ श्रेय दिने गर्छन्। सोभियत संघका पूर्व नेता मिखायल गोर्वाचोभले बोरिस येल्तसिनको कार्यकालमा भएको अस्तव्यस्तताबाट जोगाएको बताए, र "रुसी ज्न्नताले पुटिनले रसियालाई बर्बादीबाट बचाएको याद गर्नुपर्बे" बताए। २०१५ मा, विपक्षी राजनीतिज्ञ बोरिस नेम्त्सोभले पुटिनले देशलाई चीनको कच्चा पदार्थको उपनिवेश बनाएको आरोप लागाए। चेचेन गणतन्त्र प्रमुख तथा पुटिनका समर्थन, राम्जेन कादिरोभले पुटिनले चेचेन जनता र रसियालाई बचाएको कुरा व्यक्त गरे।

अमेरिकी प्रकाशनमा पुतिन

सन् २००७ मा उनी टाइम वर्ष व्यक्ति भएका थिए। सन् २०१५ मा उनलाई टाइम पत्रिकाद्वारा सबैभन्दा प्रभावशाली व्यक्ति मानेको थियो। सन् २०१३ देखि सन् २०१६ सम्म फोर्ब्सले उनलाई संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा सूचीकृत गरेको थियो। सन् २०१८ मा उनी चीनका राष्ट्रपति सि जिनपिङ पछि दोस्रो स्थानमा रहेका छन्।

पुतिनवाद

पुतिनको धेरै तर्कपूर्ण भनाइ तथा ओजपूर्ण तर्कहरू सार्वजनिक हुन्छन् ; जसलाई पुतिनवादको नामले पनि जानिन्छ। ती मध्ये अधिकांशहरू उनको वार्षिक प्रश्नोत्तर सम्मेलनमा आउँछन् जहाँ पुतिन पत्रकार र स्टुडियोका अन्य मानिस र रूस भरीका मानिसहरूका प्रश्नको जवाफ दिन्छन्। पुतिनलाई रूसी चुटकिला र लोक कथनहरू सहित कडा, तिखो र सटिक तर्कपूर्ण भाषाको लागि परिचित मानिन्छ।

सम्मान

विभिन्न राष्ट्र द्वारा प्रदान गरिएको नागरिक सम्मान

मिति देश विभूषण टिप्पणी
७ मार्च २००१ भियतनाम भ्लादिमिर पुतिन  हो चि मिन्ह सम्मान भियतनामको दोस्रो सर्वोच्च सम्मान
सन् २००४ कजाख्स्तान भ्लादिमिर पुतिन  गोल्डेन इगल सम्मान कागस्तानको सर्वोच्च सम्मान
सन् २००६ मुस्लिम बोर्ड अफ ककेसस शेख उल-इस्लाम सम्मान Allahshukur Pasha-zade सर्वोच्च मुस्लिम सम्मान,
२२ सेप्टेम्बर २००६ फ्रान्स भ्लादिमिर पुतिन  लिज्योँ देनोर राष्ट्रपति Jacques Chirac Grand-Croix (Grand Cross) rank सर्वोच्च फ्रान्सेली विभुषण
सन् २००७ ताजिकिस्तान इस्मोइली सोमोनी सम्मान ताजकिस्तानको सर्वोच्च सम्मान
१२ फेब्रुअरी २००७ साउदी अरब भ्लादिमिर पुतिन  अब्दुल्लाह अल साउद सम्मान राजा अब्दुल्लाह साउदी अरबकोको सर्वोच्च नागरिक सम्मान
१० सेप्टेम्बर २००७ संयुक्त अरब इमिरेट्स भ्लादिमिर पुतिन  जायद सम्मान शेख खलिफा संयुक्त अरब इमिरेट्सको सर्वोच्च नागरिक सम्मान
२ अप्रिल २०१० भेनेजुएला भ्लादिमिर पुतिन  लिबरेटर सम्मान राष्ट्रपति ह्युगो चाभेज भेनेजुएलाको सर्वोच्च सम्मान
२४ मार्च २०११ सर्बियाली अर्थोडक्स चर्च भ्लादिमिर पुतिन  अदर अफ सेन्ट साभा Irinej, Serbian Patriarch सर्बियाली अर्थोडक्स चर्चको सर्वोच्च सम्मान
४ अक्टोबर २०१३ मोनाको भ्लादिमिर पुतिन  अदर अफ सेन्ट चार्ल्स राजकुमार अल्बर्ट मोनाकोको सर्वोच्च सम्मान
११ जुलाई २०१४ क्युबा भ्लादिमिर पुतिन  अदर अफ जोसे मार्ती राष्ट्रपति राउल क्यास्ट्रो क्युबाको सर्वोच्च सम्मान
१६ अक्टोबर २०१४ सर्बिया भ्लादिमिर पुतिन  अडर अफ रिपब्लिक अफ सर्बिया राष्ट्रपति Tomislav Nikolić सर्बियाको सर्वोच्च सम्मान
३ अक्टोबर २०१७ तुर्कमेनिस्तान "सहकार्य बिकासको योगदानको लागि" सम्मान राष्ट्रपति गुर्बानगुली बेर्दीमुखामेदोभ
२२ नोबेम्बर २०१७ किर्गिस्तान भ्लादिमिर पुतिन  ओर्जेन मनस राष्ट्रपति अल्माजबेक अटामबायेभ
८ जुलाई २०१८ चीन मैत्री सम्मान राष्ट्रपति सि चीनको सर्वोच्च सम्मान
२८ मे २०१९ काजकिस्थान भ्लादिमिर पुतिन  नजरबायेव सम्मान एल्बेसी नूरसुल्तान नजरबायेव

मानार्थ विद्यावारिधि

मिति विश्वविद्यालय/ संस्थान
सन् २००१ येरेभान राज्य विश्वविद्यालय
सन् २००१ एथेन्स विश्वविद्यालय
सन् २०११ बेलग्राद विश्वविद्यालय

अन्य पुरस्कार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भ्लादिमिर पुतिन प्रारम्भिक जीवनीभ्लादिमिर पुतिन राजनीतिक जीवनभ्लादिमिर पुतिन आन्तरिक नीतिभ्लादिमिर पुतिन विदेश नीतिभ्लादिमिर पुतिन व्यक्तिगत छबीभ्लादिमिर पुतिन सम्मानभ्लादिमिर पुतिन सन्दर्भ सामग्रीहरूभ्लादिमिर पुतिन बाह्य कडीहरूभ्लादिमिर पुतिनRu-Vladimir Vladimirovich Putin.oggen:WP:IPA for Russianअलेक्जेन्डर लुकासेन्कोचित्र:Ru-Vladimir Vladimirovich Putin.oggमद्दत:IPA/Englishरुसरुसको राष्ट्रपतिरूसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

कृषिजापानव्रतबन्धसमाजशास्त्रहनुमान ढोकाकोत पर्वसुशासनयौननेपाल रेडक्रस सोसाइटीगर्भपतनसंयुक्त राष्ट्रश्रीलङ्काआयुर्वेदपर्सा राष्ट्रिय निकुञ्जविद्युतीय ब्याट्रीराजेश हमालदोलखा जिल्लावैदेशिक रोजगारसमासराजनीतिक दलकर्णाली नदीसङ्गठनचिठीनेपाल अधिराज्यको संविधान २०१५गोरखा दरबारवीर्य स्खलनआरतीनेपालको शिक्षा मन्त्रीहरूतामाङ जातिठकुरीअंशुवर्माडोल्पा जिल्लानेपाली चलचित्रहरूको सूचीसूचनाहावापानीभौगोलिक सूचना प्रणालीसंस्कारउत्प्रेरणाकर्णाली प्रदेशनारायणहिटी दरबार सङ्ग्रहालयमागनेपाल प्रजा परिषद्अलैँचीलुम्बिनी प्रदेशमिथिलागण्डकी नदीकृष्ण मन्दिरनगदे वालीमगर जातिदाइजो प्रथामांझीविद्यालयनेपाल स्टक एक्सचेन्जसुधा त्रिपाठीबंगलामुखी मन्दिरनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाली साहित्यमिडियाविकीगोपाल वंशब्राह्मणताप्लेजुङ जिल्लानेपालमा भूकम्पको इतिहासधर्मराणा शासनअन्तर्राष्ट्रिय तिथि रेखागोरखा नगरपालिकाभ्यागुतोद्रव्य शाहनेपालका प्रदेशहरूफ्रान्सेली राज्यक्रान्तिआलुसूर्यविनायक नगरपालिकाप्रजनन स्वास्थ्य🡆 More