फिनल्यान्ड: उत्तरी युरोपको देश

फिनल्यान्ड (सुओमी: Suomi) (ⓘ), (स्वीडेनी: Finland) (ⓘ) आधिकारिक रूपमा (स्विडेनी = रेपुब्लिकन फिनलान्द) (सुओमी=सुओमेन तासाभल्ता) वा गणतन्त्र फिनल्यान्ड युरोपको नर्दिय क्षेत्रमा अवस्थित एक देश हो। यसको दक्षिण पश्चिममा बाल्तिक सागरले घेरेको भने पश्चिममा बोथनियाको खाडी र दक्षिणमा फिनल्यान्डको खाडीले घेरेको छ। यसको पश्चिममा स्विडेन, पूर्वमा रूस र उत्तरमा नर्वे लगायतका देशहरू अवस्थित छन्। राजधानी हेलसिङ्की र ताम्पेरे सहरले सम्पूर्ण देशको सबैभन्दा ठूला सहरहरू र सहरी क्षेत्रहरूको प्रतिनिधित्व गर्दछ।

गणतन्त्र फिनल्यान्ड
  • Suomen tasavalta  (फिनल्यान्डेली)
  • Republiken Finland  (स्विडेनी)
फिनल्यान्डको झन्डा
झन्डा
फिनल्यान्डको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: 
मआम्मे  (फिनल्यान्डेली)
भोत्लान्द  (स्विडेनी)
(नेपाली: "हाम्रो भूमी")
फिनल्यान्ड: शब्दको उत्पत्ति, सन्दर्भ सामग्रीहरू, बाह्य कडीहरू
फिनल्यान्ड: शब्दको उत्पत्ति, सन्दर्भ सामग्रीहरू, बाह्य कडीहरू
 फिनल्यान्ड-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
हेल्सिन्की
६०°१०′उ॰ २४°५६′पू॰ / ६०.१६७°N २४.९३३°E / 60.167; 24.933
आधिकारिक भाषाहरूसुओमी • स्विडेनी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूसामी
धर्म
  • लुथरवाद गिर्जाघर
  • रूढिवादी गिर्जाघर
रैथाने(हरू)फिनल्यान्डेली
सरकारएकात्मक संसदीय गणतन्त्र
साउली निनिस्त
सन्ना मारिन
व्यवस्थापिकाएदुस्कुन्ता/रिक्सदन
स्थापना
• स्वराज्य अधिकार
रूसी साम्राज्य भित्र
२९ मार्च १८०९
• स्वतन्त्र
रूस साम्राज्यबाट
६ डिसेम्बर १९१७
• गृहयुद्ध
फिनल्यान्डेली समाजवादी श्रमिक गणतन्त्रको विरुद्ध
जनवरी – मे १९१८
१ जनवरी १९९५
क्षेत्रफल
• जम्मा
३,३८,४२४ किमी (१,३०,६६६ वर्ग माइल) (६४औँ)
• पानी (%)
१०
जनसङ्ख्या
• मे २०२० अनुमानित
वृद्धि ५,५२८,७३७ (११६औँ)
• घनत्व
१६ /किमी2 (४१.४ /वर्ग माइल) (२१३औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$२५७ अर्ब (६०औँ)
• प्रति व्यक्ति
$४६,५५९ (२४औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$२७७ अर्ब (४३औँ)
• प्रति व्यक्ति
$५०,०६८ (१४औँ)
गिनी (सन् २०१९)२६.२
न्यून · ६औँ
मानव विकास सूचकाङ्क (सन् २०१८)०.९२५
धेरै उच्च · १२औँ
मुद्रायुरो (€)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वी युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी युरोपेली ग्रीष्मकालिन समय)
मिति ढाँचादिन।महिना।वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३५८
इन्टरनेट डोमेन.fi
  1. अन्य युरोपेली सङ्घको सदस्य राष्ट्रहरूको रूपमा डट इयु डोमेन पनि प्रयोग गरिन्छ।

फिनल्यान्ड सबैभन्दा पहिले भर्खरको हिउँदे युगको अन्ततिर, लगभग ९००० ईसापूर्व वरिपरि बसोबास गरिएको थियो। विभिन्न संस्कृतिको अनुसरण पछि, २५०० र २००० ईसापूर्व बीचमा देशमा कृषि सुरु भएको थियो। कांस्य युग र फलाम युग फेनोस्कान्दिया र बाल्तिक क्षेत्रका अन्य संस्कृतिहरूसँग व्यापक सम्पर्कहरूको विशेषता थियो। दक्षिण पश्चिम फिनल्यान्ड, ताभस्तिया र करेलिया गरी त्यस समयमा फिनल्यान्डसँग तीन मुख्य सांस्कृतिक क्षेत्रहरू थिए। १३औँ शताब्दीको अन्त्यदेखि फिनल्यान्ड बिस्तारै उत्तरी धर्मयुद्ध र तटीय फिनल्यान्डको स्विडेनी उपनिवेशको परिणामस्वरूप स्विडेनको अभिन्न अङ्ग बन्न पुगेको थियो जुन घटनाको प्रसार स्विडेनको भाषा र यसको आधिकारिक स्थितिमा झल्किन्छ।

सन् १८०९ मा, फिनल्यान्डको स्वायत्तलाई रूसी साम्राज्यले गाभेमो थियो। सन् १९०९ मा, फिनल्यान्ड सबै वयस्क नागरिकहरूलाई भोट दिने अधिकार प्रदान गर्ने पहिलो युरोपेली राज्य बनेको थियो र सबै वयस्क नागरिकहरूलाई सार्वजनिक कार्यालयमा भाग लिन पाउने अधिकार प्रदान गर्ने विश्वमा प्रथम राष्ट्र पनि हो। सन् १९१७ को रूसी क्रान्ति पछि फिनल्यान्डले आफूलाई साम्राज्यबाट स्वतन्त्र घोषणा गरेको थियो। सन्‌ १९१८ मा, नयाँ राज्यलाई फिनल्यान्डेली गृहले विभाजित गरेको थियो। राज्य स्थापना गर्ने छोटो प्रयास पछि, देश गणतन्त्र सम्पन्न भएको थियो। दोस्रो विश्वयुद्धको बेला, फिनल्यान्डले शीतकालीन युद्ध र जारी युद्धमा सोभियत सङ्घसँग लडेको थियो यसको क्षेत्रको केही भाग गुमाउन पुगेको थियो, युद्धका बाबजुद पनि राष्ट्रले स्वतन्त्रता कायम राखेको छ/थियो।

फिनल्यान्ड धेरै हदसम्म सन् १९५० को दशकसम्म कृषिप्रधान देश बनेको थियो। दोस्रो विश्वयुद्ध पछि, सोभियत सङ्घले ३० करोड अमेरिकी डलर बराबरको रकम फिनल्यान्डसँग माग गरेको थियो जसले देशलाई औद्योगिकरण मा जान बाध्य बनाएको थियो। नर्दिय नमुनामा आधारित व्यापक कल्याणकारी राज्य निर्माण गर्दा देशले द्रुत गतिमा उन्नत अर्थतन्त्रको विकास गरेको थियो जसको परिणामस्वरूप व्यापक समृद्धि र प्रतिव्यक्ति उच्च आय प्राप्त भएको थियो। फिनल्यान्ड शिक्षा, आर्थिक प्रतिस्पर्धा, नागरिक स्वतन्त्रता, जीवनको गुणस्तर, र मानव विकास सहित राष्ट्रिय एक शीर्ष सम्पन्नशाली राष्ट्रहरू मध्ये एक हो। सन् २०१५ मा, फिनल्यान्डलाई विश्व मानव पूँजी र प्रेस स्वतन्त्रता सूचकाङ्कमा शीर्ष राष्ट्रको रूपमा चयन गरिएको थियो। सन् २०११–२०१६ को नाजुक राष्ट्र सूचकाङ्कमा यसलाई विश्वको सबैभन्दा स्थिर देशको रूपमा र विश्वव्यापी लैङ्गिक भिन्नतामा दोस्रो स्थानमा सूचीकृत गरिएको थियो।यसलाई क्रमश: सन् २०१८, सन् २०१९ र सन् २०२० को विश्वको सबैभन्दा सुखी राष्ट्रको रूपमा प्रथम स्थान प्रदान गरिएको थियो।

फिनल्यान्ड सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घमा सामेल भएको थियो र तटस्थताको आधिकारिक नीति अपनाएको थियो। सन् १९४८ को फिनल्यान्ड-सोभियत सन्धिले सोभियत सङ्घलाई शीतयुद्धको समयमा फिनल्यान्डेली घरेलु राजनीतिमा केही फाइदा पुर्‍याएको थियो। फिनल्यान्ड सन् १९६९ मा आर्थिक सहयोग तथा विकास सङ्गठन , सन् १९९४ मा उत्तरी आन्ध्र सहयोग सङ्गठन, सन् १९९४ मा युरोपेली सङ्घ, सन् १९९५ मा, आन्ध्र साझेदारी परिषद्को सदस्य बनेको थियो भने देश सन् १९९९ मा युरो क्षेत्रको संस्थापकहरू मध्ये एक थियो।

फिनल्यान्डको कुल जनसङ्ख्या मध्ये करीव ५ करोड ५० लाख रहेको छ, यो युरोपको २५औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको अधिकांश जनसङ्ख्या देशको मध्य र दक्षिणी भूभागमा बसोबास गर्दछन् भने क्षेत्रका अधिकांश मानिसहरू सुओमी भाषा बोल्दछन्। युराली भाषा परिवारको सुओमी भाषा, स्कान्दिनेभियाली भाषाहरूसँग सम्बन्धित छैन। स्विडेनी फिनल्यान्डको दोस्रो आधिकारिक भाषा हो, र मुख्यतया देशको केहि समुद्री तटमा र आलान्दमा बोलिन्छ। क्षेत्रफलका हिसाबले फिनल्यान्ड आठौँ सबैभन्दा ठूलो देश हो र युरोपेली सङ्घमा सबैभन्दा फाट्टफुट्ट जनसङ्ख्या भएको देश हो। यो संसदीय गणतन्त्र हो जसमा ३१० नगरपालिका, र एक स्वशासित क्षेत्र, आलान्द टापु समावेश छ। १० लाख ४० हजार भन्दा बढी मानिसहरू विशाल हेलसिङ्की महानगर क्षेत्रमा बसोबास गर्दछन्, जसले देशको कुल ग्रहस्थ उत्पादनको एक तिहाइ उत्पादन गर्दछ। फिनल्यान्डका मानिसहरूको ठूलो सङ्ख्या इभान्जिकल लुथरन गिर्जाघरका सदस्यहरू हुन्।

शब्दको उत्पत्ति

अवधारणा

सबैभन्दा पुरानो ऐतिहासिक स्रोतहरूमा १२औँ र १३औँ शताब्दीमा (स्वीडेनी: Finland), (आधिकारिक उच्चारण = फिनलान्द) भन्ने शब्दले तुर्कु सहरको छेउमा पर्नीबाट पेर्निय देखि उसिकाओपुङ्के सम्मको समुद्री तटलाई जनाउँदछ। यस क्षेत्र पछि फिनल्यान्ड भन्दा फरक रूपमा परिचित भएको थियो। शताब्दीयौ लामो प्रक्रियामा फिनल्यान्ड सम्पूर्ण देशको साझा नाम भएको थियो जुन क्याथोलिक गिर्जाघरले १२औँ शताब्दीमा सुओमी प्रदेशको उत्तरी भागमा नोउसिआयनन्मा एक धर्म प्रचार गर्ने व्यक्ति, आफनै गिर्जा र पादरी भएको क्षेत्रको स्थापना गरेपछि सुरु भएको थियो।

विनाशकारी उत्तरी युद्ध (सन् १७१४–१७२१) र रूसो-स्विडेनी युद्ध (१७४१–१७४३) को समयमा फिनल्यान्डको विनाशले रूसबाट पूर्वी भागको रक्षा गर्न स्वरूडेनले ठूलो प्रयास गर्न थालेको थियो। यी १८औँ शताब्दीका अनुभवहरूले साझा भावनाको सृजना गरेको थियो जुन अनौँठो सुओमी भाषासँग मिल्दा फिनल्यान्डको विस्तारित अवधारणालाई अपनाइएको थियो।

फिनल्यान्ड (आधिकारिक - फिनलान्द)

फिनल्यान्डको नामको सबैभन्दा सुरुमा लिखित उपस्थित तीन शिलालेखमा रहेको मानिन्छ। दुईवटा स्विडेनी राज्य उपलान्दमा फेला परेको थियो र शिलालेख फिनलोन्तीमा उल्लेखित छ। तेस्रो गोतलान्दमा फेला परेको थियो। उक्त शिलालेख १३औँ शताब्दीमा कोरिएको मानिन्छ। यो नाम आदिवासी नाम फिनससँग सम्बन्धित हुन सक्छ जुन विवादास्पद अर्थमा पहिलो ज्ञात समय ९८ ईस्वी मा उल्लेख गरिएको थियो।

सुओमी

नाम सुओमी (सुओमी भाषाको अर्थमा फिनल्यान्ड) को अनिश्चित उत्पत्ति छ, तर स्रोतका लागि उम्मेद्वार, प्राचीन बाल्तिक भाषाको शब्द जेम्मेबाट यसको सुरुवात भएको थियो जसको अनुवादित अर्थ "भूमि" हुन्छ। सुओमीको नजिकका भाषामा यो नाम बाल्तिक, लात्भियाली र लिथुआनियाली भाषामा पनि प्रयोग गरिन्छ। पहिलेका सिद्धान्तहरूले सुओमा (फेन भूमि) वा सुनिमीबाट देशको नाम सुओमी व्युत्पन्न भएको सुझाव दिएको छ, तर यी हाल पुरानो ठानिन्छन्। कसै-कसैले सामे (सामी, लापलान्दका फिनो-उग्रिक मानिस) र हमे (इनलान्दमा रहेको प्रदेश) को साथ साझा व्युत्पन्न सल्लाह दिएका छन्, तर त्यो सिद्धान्त अनिश्चित छ।

सुओमीको पहिलो प्रमाणित प्रयोग ८११ मा भएको थियो जहाँ यो एक शान्ती सन्धिसँग सम्बन्धित व्यक्तिको नामको रूपमा प्रयोग भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सरकार

  • यो फिनल्यान्ड हो, आधिकारिक अरबी-भाषाको अनलाइन प्रवेशद्वार (फिनल्यान्डको परराष्ट्र मन्त्रालयले सञ्चालन गरेको)
  • फिनल्यान्ड (राष्ट्रका विश्वविद्यालयहरू)

नक्सा

यात्रा

Tags:

फिनल्यान्ड शब्दको उत्पत्तिफिनल्यान्ड सन्दर्भ सामग्रीहरूफिनल्यान्ड बाह्य कडीहरूफिनल्यान्डचित्र:Suomi Finland.oggचित्र:Sv-Finland.oggताम्पेरेयुरोपस्वीडेनी भाषा

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्राकृतिक सम्पदाहरूको सूचीआँखासिद्धिचरण श्रेष्ठतोरीमुनामदन (चलचित्र)किशोरावस्थाअन्तिम संस्कारमिथिलाम्याग्दी जिल्लासगरमाथारगतवित्तीय विवरणहरूकुल ग्राहस्थ उत्पादनसिन्धु घाटीको सभ्यताह्युगो चाभेजक्षेत्रफलगुठीमहान्यायाधिवक्ताको कार्यालयवसन्तकुकुरचौबिसी राज्यहरूनेपालका राजनीतिक दलहरूको सूचीबारा जिल्लानेपालीबज्रयोगिनी मन्दिरओलम्पिक खेलजोधपुरमहिला विरुद्धका हिंसाखोटाङ जिल्लाविश्वकोशसंयुक्त राष्ट्र सुरक्षा परिषद्शब्दकोशक्व्होलासोथार गाउँपालिकामगर जातिमधुमेहनेपालका राष्ट्रिय विभूतिहरूसंस्कारगौतम बुद्धगणतन्त्र दिवस (नेपाल)सहकारीनेपाल एकिकरण अभियानका लडाँइहरूस्थानीय तहचेपाङ जातिजिल्ला समन्वय समितिबिस्केट जात्रासंयुक्त राष्ट्रगणेशचिठीऊर्जानेपालका विश्वविद्यालयहरूको सूचीतारामय रातम्ह पूजाबैतडी जिल्लादेशान्तरनेपालका अञ्चलहरूधरान उपमहानगरपालिकाकुखुराभक्ति थापाराष्ट्रिय सभा (नेपाल)साम्यवाददिगो विकासनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुयुट्युबनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नक्साबृहस्पति ग्रहफ्रान्सेली राज्यक्रान्तिकैलास पर्वतदेवकुमारी थापालोकबाजानेपाली भाषागोविन्द केसीभक्तपुर नगरपालिकाबंगलामुखी मन्दिरआन्तरिक नियन्त्रण प्रणालीनेपाल-भारत सम्बन्ध🡆 More