दादुरा

दादुरा(Measles) बिषाणु (Virus)बाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ। खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।

दादुरा
दादुराबाट अतिसंक्रामक बालक

दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।

दादुरा रोगका चिन्ह र लक्षणहरू

दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग (Koplick spot) देखापर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा (Rash) देखापर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।


दादुरा कसरी सर्दछ

दादुरा रोग रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ । ड्ड दादुरा रोगको लक्षण देखिनु भन्दा अगाडि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म यो रोगको रोगीले दादुराका विषाणु सार्दछ । यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्दछ, जस्तै: विद्यालय, अस्पताल आदि ।


दादुरा रोगका जटीलताहरू

  • खोप नपाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ् । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडा लागेर जल वियोजन हुन जान्छ । बालबालिकाहरूमा कान पाक्ने (Otitis Media) तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ ।
  • दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो निमोनिया हो । दादुराको विषाणुले प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिने भएकोले यस्तो भएको हो । निमोनिया दादुराको विषाणुले वा अन्य जिवाणुको संक्रमणबाट हुने गर्दछ । दादुराको कारणबाट कहिले काँहि मस्तिष्कमा कडा खालको सुजन (inflammation) भई मस्तिष्क ज्वरो (encephalitis) पनि आउन सक्दछ ।
  • कडाखालको दादुरा रोग विशेषगरी कुपोषित, चाहिने मात्रामा भिटामिन ए नपाएका, HIV/ AIDS र अन्य रोगका कारणबाट प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै जना परिवार संख्या भएका ठाउँमा हुर्केका बालबालिकालाई लाग्दछ । अफ्रिका महादेश तथा वर्षैभरि दादुरा देखिने विश्वका अन्य मुलुकमा अन्धोपनको मुख्य कारण नै दादुरा रोग हो । एकपटक दादुरा रोग लागिसकेपछि निको भएका बालबालिकाहरूलाई जीवनभर दादुरा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुन्छ ।

दादुरा रोगको उपचार

  • दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ ।
  • विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।
  • दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकाहरूलाई दादुरा रोग विरुद्ध खोप दिनुपर्दछ । त्यस्ता बालबालिकाहरूका बाबु–आमालाई आफ्ना बाल बालिकाहरूले खोप पाएको थाहा नभएमा पनि दादुरा विरुद्ध खोप दिनुपर्दछ ।

सन्दर्भ सामग्रीहरू

Tags:

दादुरा रोगका चिन्ह र लक्षणहरूदादुरा कसरी सर्दछदादुरा रोगका जटीलताहरूदादुरा रोगको उपचारदादुरा सन्दर्भ सामग्रीहरूदादुरा

🔥 Trending searches on Wiki नेपाली:

संयुक्त अरब इमिरेट्सउधौलीशिवमूल्य अभिवृद्धि करनेपालका राष्ट्रिय निकुञ्जहरूसुदूरपश्चिम प्रदेश सभागाईजात्रामनरा शिसवा नगरपालिकातनहुँ जिल्लानेपालका संवैधानिक निकायहरूकर्णाली पुलनाइल नदीभगांकुरनेपालमा पर्यटनउदयपुर जिल्लास्वयम्भूनाथराष्ट्रिय निकुञ्जनेपालका तालहरूको सूचीदक्षिण कोरियाराष्ट्रिय सभा (नेपाल)नेपाली ध्वनिविज्ञानच्याटजिपिटीलुम्बिनी प्रदेश सभाउद्योगमधेश प्रदेशसमाजवादइलाम २ (निर्वाचन क्षेत्र)मदन भण्डारी राजमार्गनेपालको लोकतन्त्र दिवसॐ जय जगदीश हरेपृथ्वीनारायण शाहनेपाल अङ्ग्रेज युद्धजिमेलनेपाली चलचित्रमाछापुच्छ्रे हिमालसवारी दुर्घटनारातो मच्छिन्द्रनाथको रथयात्रापरालको आगो (कथा)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका हिमालहरूको सूचीपञ्चैबाजाराष्ट्रिय गौरवका आयोजनाव्यवस्थापन लेखाविधिदोधारा चाँदनी पुलचौहाननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपाली व्याकरणभ्याम्पायरनेपालमा विद्यालयको तहगत संरचनाचेपाङ जातिहिन्दु पञ्चाङ्गत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपालको कानूनी इतिहासनेपालका प्राकृतिक सम्पदाहरूको सूचीअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीकृषिविश्वव्यापीकरणबागमती नदीभन्ज्याङउपमहानगरपालिकानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाकालिकोट जिल्लातामाङ जातिचुरेविद्युतीय अपराधमुलुकी ऐनभलिबलराउत (थर)नेपालका संरक्षित क्षेत्रहरूको सूचीफुटबल खेलनेपाली सङ्गीतकालिञ्चोक भगवतीनेपालको राष्ट्रपतिविश्व सम्पदा क्षेत्रटिकटकअधिवक्ताप्युठान जिल्लाराजेन्द्र महतो🡆 More