चामल: अनाज अन्न र ओरिजा सातिभाको बीउ

घाँस प्रजाति अन्तर्गत पर्ने एसियाली धान ('ओरिजा साटिभा') र अफ्रिकी धान ('ओरिजा ग्लेबेरिमा') को बिउलाई चामल भनिन्छ। यो धानको बोक्रा हटाएपछि प्राप्त हुने गर्दछ। अन्नको दानाको रूपमा मुख्यतया एसिया र अफ्रिका लगायत संसारभर विश्व जनसङ्ख्याको ठूलो भागद्वारा खाने प्रमुख भोजन हो। उखु (१.९ बिलियन टन) र मकै (१.० बिलियन टन) पछि चामल (सन् २०१४ मा ७४१.५ मिलियन टन) संसारको सबैभन्दा बढी उत्पादन हुने उपयोगी कृषि वस्तु हो।

चामल: विभिन्न भाषामा नाम, इतिहास, सन्दर्भ सामग्रीहरू
मिश्रित चामल: सेतो चामल, खैरो चामल, रातो चामल र जङ्गली चामल

मानव उपभोगको लागि मात्र नभएर उखु र मकैको बालीको ठूलो भागलाई बहुउद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्ने गरिन्छ तर चामल मानव पोषण र क्यालोरी मात्राको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण खाद्यान्न हो जसले संसारभरि मानव जातिद्वारा खपत गर्ने क्यालोरीको पाँचौ हिस्सा प्रदान गर्दछ। चामलको विभिन्न किसिम, पकाउने विविधता र परिकारमा क्षेत्रीय भिन्नता रहेको छ।

एकदलीय वनस्पति धानलाई सामान्यतया वर्षेबालीको रूपमा रोप्ने गरिन्छ, हुनत उष्णकटिबन्धीय क्षेत्रहरूमा धान बाह्रमासे बालीको रूपमा समेत रोप्ने गरिएको छ। धानको बिउलाई राम्ररी संरक्षण गरेर राखेमा यसले ३० वर्षसम्म बाली उत्पादन गर्न सक्छ। धानको खेती कम श्रम लागत र बढी वर्षा हुने देशहरू र क्षेत्रहरूको लागि पूर्ण रूपमा अनुकूल हुन्छ, किनभने धानको खेती गर्नको लागि पर्याप्त मात्रामा पानीको आवश्यकता हुने गर्छ। यद्यपि, पानीलाई नियन्त्रण गर्नसक्ने प्रणालीको उपयोग गरेर पहाडी क्षेत्र र ढलानमा समेत व्यावहारिक रूपले धानको खेती गर्न सकिन्छ। धानको मूल प्रजाति एसिया र अफ्रिकाको भूभागसँग सम्बन्धित भए पनि शताब्दीदेखि हुँदै आएको व्यापार र निर्यातले गर्दा संसारको कयौं संस्कृतिहरूमा यसले स्थान पाइसकेको छ। चामलमा फाइबर, भिटामिन, क्यालसियम, आइरन, थायमिन र खनिज जस्तो पोषक तत्वहरू विद्यमान हुन्छ। नेपालमा उत्पादन हुने जुम्ली मार्सी र बासमती चामल लोकप्रिय रहेको छ।

विभिन्न भाषामा नाम

संस्कृतमा चामललाई 'तण्डुल', मैथिलीमा 'चउर' र तमिलमा 'अरिसि' भन्ने गरिन्छ।

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चामल विभिन्न भाषामा नामचामल इतिहासचामल सन्दर्भ सामग्रीहरूचामल बाह्य कडीहरूचामलअफ्रिकाउखुएसियाघाँसधानपृथ्वीमकै

🔥 Trending searches on Wiki नेपाली:

गरिबीमोतीराम भट्टदक्षिण कोरियाहोमरसन्दुक रुइतडिजिटल वस्तु पहिचानढुङ्गे युगरगतकर्मचारी सञ्चय कोषसदर चिडियाखाना, नेपालसती प्रथादाइजो प्रथादरबार हत्याकाण्डकुकुरटेलेनर पाकिस्तानतथ्याङ्कअमेरिकी क्रान्तिकारी युद्धनेपालको मन्त्रिपरिषद्नेपालको राष्ट्रिय जनगणनावडा कार्यालय (नेपाल)बाथमङ्गलवारविज्ञाननेपालमा पाइने चराहरूको सूचीघरेलु हिंसाछाउपडीकुम्भ मेलानेपालका राष्ट्रिय निकुञ्जहरूचाडपर्वकुँवरनेपालमा विद्यालयको तहगत संरचनाराम मन्दिर, अयोध्यामाओवादी जनयुद्धलागत लेखाविधिवासलातमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालको सैन्य दर्जानिर्वाचननेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७भ्रष्टाचारमहासागरहलेसी महादेवअत्रि गोत्रमौसमछुवाछुतएचटिएमएलगौरवमय क्रान्तिचौहानलगानीअन्तर्राष्ट्रिय तिथि रेखामहाभारत पर्वत शृङ्खलाखड्काकार्यसम्पादन मूल्याङ्कनगोरखा जिल्लाबागमती नदीहिन्दु पञ्चाङ्गभलिबलबाँके राष्ट्रिय निकुञ्जअमरकोशसम्पति शुद्धीकरणहिमाली प्रदेश (नेपाल)पूर्वीय चिन्तन परम्पराहिन्द महासागरगुगलभक्तपुर दरबार क्षेत्रकोशी प्रदेशको मुख्यमन्त्रीमहालेखा नियन्त्रकको कार्यालयआत्रेय गोत्रआन्तरिक नियन्त्रण प्रणालीशिक्षण विधिनेपालका राष्ट्रिय विभूतिहरूमानिसप्रियङ्का कार्कीव्यापाररामकृषि🡆 More