इसाई धर्म

ईसाई धर्म (अन्य प्रचलित नाम:मसीही धर्म वा क्रिश्चियन धर्म) एक इब्राहीमी एकेश्वरवादी धर्म हो, जसका अनुयायीहरूलाई ईसाई भनिन्छ। ईसाई धर्मका अनुयायी ईसा मसीहको शिक्षा अनुसार चल्दछन्। ईसाइहरूमा धेरै समुदायहरू छन् । जस्तै:- कैथोलिक, प्रोटैस्टैंट, आर्थोडोक्स, एवानजिलक आदि। ईसाई धर्मका अनुसार जीव हत्या, अरुको केहि पनि थोकको लोभ गर्नु ,कसैलाई व्यर्थमा आघात पुर्याउनु, व्‍यविचार गर्नु, आदि पाप हो। बाइबल ईसाई धर्मको धर्मग्रन्थ हो।

इसाई धर्म
ईद्भास/क्रस - यो ईसाई धर्मको चिन्ह हो

ईश्वर

ईसाई एकेश्वरवादी हुन्, तर उनिहरू ईश्वरलाई त्रीएकको रूपमा बुझ्दछन् -- परमपिता परमेश्वर, उनका पुत्र ईसा मसीह (यीशु मसीह) र पवित्र आत्मा।

परमपिता

परमपिता यो सृष्टिका रचयिता हुन् तथा शासक पनि हुन्।,

ईसा मसीह

जसको आज विश्वका सबै भन्दा धेरै मान्छे पूजा गर्दछन ति ईसा मसिहा को हुन् ?

ईसाई धर्मका अनुसार ईसा मसीहा स्वयं परमेश्वर थिए उनी पतन भएका (पापी) सबै मनुष्यहरूलाई पाप तथा मृत्युबाट बचाउनको लागि जगतमा देहधारण गरेर आएका थिए। परमेश्वर आत्मा हुन् उनी पापी मनुष्यहरूलाई हैनकी मनुष्यहरू भित्र भएका पापलाई मेटाउनको लागि एक देह धारण गरेर यो धर्तिमा आएका थिए । उनी यस पृथ्वीका पहिला यस्ता ईश्वर थिए जसले मनुष्यहरू बाँचुन् भनेर पापी, रोगी, मूर्ख र सताइएका व्याक्तिहरूको पक्ष लिए तथा त्यसको बदलामा पापको मुल्य आफ्नो ज्यान दिएर चुकाए। हाम्रा पापहरूको सजाय यीशु मसीहले चुकाएकाले नै हमीहरूलाई पापबाट क्षमा मिल्दछ । यो पापी मनुष्य र पवित्र परमेश्वरको मिलनको मिशन थियो जुन प्रभु यीशुको बलिदानबाट पूरा भयो । एक श्रृष्टिकर्ता परमेश्वर भएर उनले पापिहरूलाई मारेनन् तर पापको इलाज गरे। यो कुरा परमेश्वर पिताको मनुष्यहरू प्रतिको अटूट प्रेमलाई प्रगट गर्दछ। परमेश्वर, शारीरमा आए मनुष्यहरूलाई पापबाट बचाउन यो कुरा यीशु मसीहको परिचय हो। यीशु मसीह परमेश्वर थिए। यसै कुरालाई आजको ईसाई धर्मको आधार मानिन्छ। उनले स्वयं भने म हुँ !!! ईसा मसीह (यीशु) एक यहूदी थिए उनी ४ ईसा पूर्वका समयमा इस्राइल इजराइलको गाउँ बेत्लहममा जन्मेका थिए । ईसाईका अनुसार उनकी माता मारिया (मरियम) कुमारी (वर्जिन) थिईन् । ईसा उनको गर्भमा परमपिता परमेश्वरको कृपाले चमत्कारिक रूपले आएका थिए । ईसाको बारेमा यहूदी नबिहरूले यस्तो भविष्यवाणी गरेका थिए "एक मसीहा (अर्थात "राजा" वा तारणहार) जन्म लिने छ।" कसै कसैले ईसा भारतमा पनि आएका थिए भन्ने मान्छन्। पछि गएर ईसाले इजराइलमा यहूदियहरूका माझ प्रेमको सन्देश सुनाए र भने "म नै ईश्वरको पुत्र हुँ"। यो कुरामा पुराणपन्थी यहूदी धर्मगुरु भड्किए र उनका आज्ञानुशार इजराइलको रोमन राज्यपालले ईसालाई क्रूसमा चढेर मर्नाको प्राणदण्ड दिए। ईसाईका अनुसार यसका तीन दिन पछि ईसाको पुनरुत्थान भयो अथवा ईसा पुनर्जीवित भए। ईसाका उपदेश बाइबल का नयाँ नियममा उनका शिष्यहरू द्वारा रेखांकित गरिएका छन्।

पवित्र आत्मा

पवित्र आत्मा त्रिएक परमेश्वरका तेश्रा व्यक्तित्व हुन् जसको प्रभावमा व्यक्ति आफू भित्र ईश्वरको महसुस गर्दछ। यो ईसाको चर्च एवं अनुयाईहरूलाई निर्देशित गर्दछ।

बाइबल

ईसाई धर्मग्रन्थ बाइबलमा २ भाग छन्। पहिलो भाग (पुरानो नियम) र यहूदिहरूको धर्मग्रन्थ एउटै हुन्। दोश्रो भाग (नयाँ नियम) ईसाका उपदेश, चमत्कार र उनका शिष्यहरूका कामसँग सम्बन्ध राख्दछ।


सन्दर्भ

Tags:

इसाई धर्म ईश्वरइसाई धर्म बाइबलइसाई धर्म सन्दर्भइसाई धर्मबाइबलयशू ख्रिष्ट

🔥 Trending searches on Wiki नेपाली:

विष्णुनेपालमा पर्यटनखस जातिकबड्डीकार्यपालिकाविवाहसूर्यनेपाल सरकारसुदूरपश्चिम प्रदेशनेपाली रुपैयाँशेर्पा जातिवासलातजैविक विविधतामहिनालैङ्गिक समानतानेवार जातिगणतन्त्रआम निर्वाचन २०१५म.वी.वि.शाहगोरखालीवेदगणतन्त्र दिवस (नेपाल)गुगल क्रोमत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवसन्तछाउपडीमदन पुरस्कारप्रतिनिधि सभा निर्वाचन, २०७९रङआम सञ्चारशाह वंशखप्तड बाबानेपालका मल्ल राजाहरूको सूचीललितपुर जिल्लामहागुरु फाल्गुनन्ददक्षिण एसिया२०२४ इन्डियन प्रिमियर लिगविश्व वातावरण दिवसरामेछाप जिल्लाटोङ्गान्युटनको गतिका नियमहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लागोरखापत्रऔद्योगिक क्रान्तिबाल विकासखोटाङ जिल्लारारातालउत्प्रेषणप्रजनन स्वास्थ्यलुम्बिनीदेउकी प्रथागोत्रनेपालका जातिहरूत्रिभुवन वीरविक्रम शाहजोखिम व्यवस्थापननेपालका राष्ट्रिय विभूतिहरूराष्ट्रिय वाणिज्य बैंकफुटबल खेलचितवन जिल्लामनोविज्ञाननेपालको सैन्य दर्जाऋतुमधेश प्रदेश सभादिगो विकासत्रेता युगकाठमाडौँ उपत्यकाअन्धविश्वासयुरोपेली सङ्घशेरबहादुर देउवादरबार हत्याकाण्डमहानगरपालिकाकार्यविनायक मन्दिरअर्थ मन्त्रालय (नेपाल)अल्पविकसित देश🡆 More