क्षयरोग वा टिबी (अंग्रेजीमा ट्युबरक्युलोसिस, एमटिबी, थिसिस, कन्जम्प्सन) विश्वभर फैलियाको संक्रामक रोग हो। माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भयापनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ। साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यइले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उइले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ। प्राय संक्रमणहरूमा लक्षणहरू देखापर्दैनन् त्यस्तो अवस्थालाई निष्कृय क्षयरोग (लाटन्ट ट्युबरक्युलोसिस) भनिन्छ। करीब दसमा एक निष्कृय क्षयरोग बिस्तारै बढ्दै गएर सकृय हुन सक्छ। यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५०% रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ।
क्षयरोग | |
---|---|
क्षयरोग लागेको मानिसको छातिको एक्स-रे | |
वर्गीकरण तथा बाह्य सामग्रीहरू | |
विभाग | सङ्क्रामक रोग, पल्मोनोलोजी |
आइसिडी-१० | A15.–A19. |
आइसिडी-९ सिएम | 010–018 |
ओएमआइएम | 607948 |
डिजिज-डिबी | 8515 |
मेडलाइन प्लस | 000077 ढाँचा:MedlinePlus2 |
इ-मेडिसिन | med/2324 ढाँचा:EMedicine2 ढाँचा:EMedicine2 |
प्यासेन्ट युके | क्षयरोग |
एमई-एसएच | ढाँचा:Mesh2 |
लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सकृय क्षयरोगका लक्षणहरू हुन्। अन्य अङ्गहरूको संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन्। यो रोग लागेपछि मानिसको तौल घट्दै जाने हुनाले यसलाई पहिले अङ्ग्रेजीमा कन्जम्प्सन र त्यसकै समानार्थी शब्दको रूपमा नेपालीमा क्षयरोग राखिएको हो। सकृय क्षयरोगको पहिचान गर्न रेडियोलोजी (साधारणतया छातिको एक्सरे), सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान (माइक्रोबायोलोजिकल कल्चर) गर्ने गरिन्छ। त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट (टिएसटी) र/वा रगत परीक्षण गरेर निष्कृय क्षयरोगको पहिचान गरिन्छ। लामो अवधिसम्म धेरै थरी एन्टिबायोटिक अौषधिको प्रयोग गरिने हुनाले यो रोगको उपचार केही झन्झटिलो छ। आवस्यकता परेको खण्डमा घर, काम गर्ने स्थान तथा सामाजिक सम्पर्कका व्यक्तिहरूमा पनि परीक्षण तथा उपचार गरिन्छ। हाल मल्टिपल ड्रग-रेजिस्ट्यान्ट ट्युबरक्युलोसिस (एमडिआर टिबी) संक्रमणमा एन्टिबायोटिक प्रतिरोधको खतरा बढ्दै गएको छ। यस रोगको रोकथाम तथा बचाउ छिटो पहिचान तथा उपचार, संकास्पद स्थानमा परीक्षण कार्यक्रमको सञ्चालन र क्षयरोगको विरुद्धमा दिइने बिसीजी खोप लगाउने जस्ता कुरामा भर पर्दछ।
विश्वको जनसङ्ख्याको एकतिहाइ मानिसहरू क्षयरोगबाट संक्रमित विस्वास गरिन्छ र प्रत्येक वर्ष यस जनसङ्ख्याको १ प्रतिसत मानिसहरूमा नयाँ संक्रमण देखिन्छ। सन् २००७ मा विश्वभर लगभग १ करोड ३७ लाख मानिसमा सकृय क्षयरोग रहेको अनुमान गरिएको थियो। त्यस्तै सन् २०१३ मा मात्रै करीब ९० लाख मानिसहरू यस रोगबाट संक्रमित भएको अनुमान छ। सन् २०१३ मा यस रोगका कारणले १ करोड ३० लाखदेखि १ करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ। मृत्यु हुनेमा धेरै जसो मानिसहरू विकासोन्मुख राष्ट्रका मानिसहरू थिए। सन् २००६ देखि विश्वभरका कुल क्षयरोगीको सङ्ख्यामा भने कमी आएको छ। त्यस्तै सन् २००२ देखि यस रोगको नयाँ संक्रमण हुने दर पनि घटेको छ। विभिन्न क्षेत्रहरूमा क्षयरोग संक्रमणको दर फरक-फरक हुने गरेको पाइन्छ। एसियाली तथा अफ्रिकी देशहरूका मानिसहरूमा ट्युबरकुलिन परीक्षण गर्दा ८०% मा रोग भएको पाइन्छ तर अमेरिकामा यो प्रतिसत ५-१० मात्रै छ।
This article uses material from the Wikipedia डोटेली article क्षयरोग, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.