सर्वपल्ली राधाकृष्णन

डाक्टर सर्वपल्ली राधाकृष्णन (तमिल: சர்வபள்ளி ராதாகிருஷ்ணன்; ५ सेप्टेम्बर १८८८ – १७ अप्रिल १९७५) भारतको प्रथम उप-राष्ट्रपति (१९५२ - १९६२) र द्वितीय राष्ट्रपति थिए। उनको जन्म दक्षिण भारतको तिरुत्तनि स्थानमा भएको थियो जुन स्थान चेन्नईबाट ६४ किमी उत्तर-पूर्वमा छ। उनको जन्मदिन (५ सेप्टेम्बर) भारतमा शिक्षक दिवसको रूपमा मनाईन्छ।

सर्वपल्ली राधाकृष्णन
सर्वपल्ली राधाकृष्णन
भारतको दोश्रो राष्ट्रपति
कार्यकाल
१३ मई, १९६२ – १३ मई, १९६७
प्रधानमन्त्रीगुलजारी लाल नन्दा (प्रथम कार्यावधि)
लालबहादुर शास्त्री
गुलजारीलाल नन्दा (द्वितीय कार्यावधि)
उपराष्ट्रपतिजाकिर हुसेन
पूर्वाधिकारीराजेन्द्र प्रसाद
उतराधिकारीजाकिर हुसेन
प्रथम भारतको उपराष्ट्रपति
कार्यकाल
१३ मई, १९५२ – १२ मई, १९६२
राष्ट्रपतिराजेन्द्र प्रसाद
पूर्वाधिकारीकार्यालय आरम्भ
उतराधिकारीजाकिर हुसैन
व्यक्तिगत विवरण
जन्म(१८८८-०९-०५)सेप्टेम्बर ५, १८८८
तिरुट्टनी, तमिलनाडु, भारत
मृत्युअप्रिल १७, १९७५(1975-04-17) (उमेर ८६)
चेन्नई,तमिलनाडु, भारत
राजनीतिक दलस्वतन्त्र
जीवन साथीशिवकामु
सन्तान(हरू)५ छोरी तथा १ छोरा
पेशाराजनीतिज्ञ, दार्शनिक, प्रख्याता

जीवन वृत्त

डाक्टर सर्वपल्ली राधाकृष्णन भारतीय सामाजिक संस्कृतिसँग रमेका एक महान शिक्षाविद महान दार्शनिक महान वक्ता र एक अस्थावान हिन्दू विचारक थिए। स्वतन्त्र भारत देशका उनी दोश्रो राष्ट्रपति थिए। डाक्टर राधाकृष्णनले आफ्नो जीवनको महत्त्वपूर्ण ४० वर्ष शिक्षकको रूपमा व्यतीत गरे। उनमा एउटा आदर्श शिक्षकको सबै गुण रहेको थियो । उनले आफ्नो जन्म दिन शिक्षक दिवसको रूपमा मनाउने इच्छा गरेका ब्यक्त गरेका थिए जसको फलस्वरूप पुरै देशमा डाक्टर राधाकृष्णनको जन्म दिन ५ सेप्टेम्बरमा शिक्षक दिवस मनाईन्छ।

डाक्टर राधाकृष्णन समस्त विश्वलाई एउटा विद्यालय मान्थे। उनको शिक्षा द्वारा नै मानव मस्तिष्कको सदुपयोग गर्न सम्भव छ भन्ने उनको मान्यता रहेको थियो। डा. राधाकृष्णन आफ्नो बुद्धिमतापूर्ण व्याख्या, अभिव्यक्ति र हसाउने कथाहरूबाट आफ्ना छात्रहरूलाई मन्त्रमुग्ध गर्दथे। उनी छात्रहरूलाई उच्च नैतिक मूल्यहरूलाई आफ्नो आचरणमा उतार्न प्रेरित गर्दथे। उनी जुन विषय पढाउदथे, पढाउनु भन्दा पहिले स्वयं त्यसको राम्रो अध्ययन गर्दथे। दर्शन जस्तो गम्भीर विषयलाई पनि उनी आफ्नोको नवीनताबाट सरल र रोचक बनाउदथे।

पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको जयन्ती प्रत्येक वर्ष ५ सेप्टेम्बरमा 'शिक्षक दिवस'को रूपमा मनाईन्छ। सन्‌ १९६२ मा जब उनी राष्ट्रपति बनेका थिए, त्यसबेला केही शिष्य र प्रशंसक उनकोमा गएका थिए। उनहरूले उनीसंग निवेदन गरेका थिए कि उनीहरू उनको जन्मदिनको शिक्षक दिवसको रूपमा मनाउन चाहन्छन भनी भनेका थिए । त्यस समय उनले भने, 'मेरो जन्मदिनलाई शिक्षक दिवसको रूपमा मनाउँदा निश्चय नै म आफुलाई गौरवान्वित अनुभव गर्नेछु।' त्यसबेला देखी ५ सेप्टेम्बर का दिन पुरै देशमा शिक्षक दिवसको रूपमा मनाईदै आएको छ।

शिक्षाको क्षेत्रमा डा. राधाकृष्णनले दिएको योगदान अविस्मरणीय छ। उनी बहुमुखी प्रतिभाको धनी थिए। त्यसकारण उनी एक विद्वान, शिक्षक, वक्ता, प्रशासक, राजनयिक, देशभक्त र शिक्षा शास्त्री थिए, तथापि आफ्नो जीवनको उत्तरार्द्धमा अनेक उच्च पदहरूमा काम गर्दा गर्दै पनि शिक्षाको क्षेत्रमा उनी आफ्नो योगदान गरी रहे। उनको मान्यता थियो कि यदि सही तरीकाबाट शिक्षा दिईयो भने समाजको अनेक खराबीहरूलाई मेटाउन सकिन्छ।

उनी भन्दथे जब सम्म शिक्षक शिक्षा प्रति समर्पित र प्रतिबद्ध हुदैन र शिक्षालाई एक मिशन मान्दैनन् त्यसबेला सम्म राम्रो शिक्षाको कल्पना गर्न सकिदैन। उनले धेरै वर्ष अध्यापन गरे। एक आदर्श शिक्षकको सबै गुण उनमा विद्यमान थियो। उनको भनाई थियो कि शिक्षक त्यस मानिसलाई बनाईनु पर्दछ जो सबभन्दा धेरै बुद्धिमान छ। शिक्षकले मात्र राम्रो प्रकारले अध्यापन गरेर नै सन्तुष्ट हुनुहुदैन उसले आफ्नो बिद्यार्थीको स्नेह र आदर अर्जित गर्नु पर्दछ। शिक्षक भएको भरमा सम्मान पाईदैन, त्यसलाई अर्जित गर्नु पर्दछ।

उनको मृत्यु सन् १९७५ सेप्टेम्बर १७ मा भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्र


Tags:

चेन्नईडाक्टरतमिल भाषाभारतराष्ट्रपति

🔥 Trending searches on Wiki नेपाली:

समबाहु त्रिभुजअन्तर्राष्ट्रिय तिथि रेखाहस्तमैथुनबराहक्षेत्र नगरपालिकाटेलेनर पाकिस्तानदाहालकम्प्युटर हार्डवेयरगोत्रसङ्गठनविलियम अलेक्जेन्डरअस्ट्रेलियाराष्ट्रिय प्रजातन्त्र पार्टीसार्वजनिक प्रशासनसञ्चारसन्दीप लामिछानेशब्दकोशबझाङ १ (निर्वाचन क्षेत्र)साउदी अरबआङ सान सुकीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाबुलबुले तालपहाडी प्रदेश (नेपाल)नेपालको जनआन्दोलन २०६३मुस्ताङ जिल्लानारायणहिटी दरबार सङ्ग्रहालयसौर्यमण्डलबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासबारा जिल्लावाच्य (व्याकरण)लुम्बिनी प्रदेश सभातारानाथ शर्माबैजनीकपिलवस्तु जिल्लागौतम बुद्धखस ब्राह्मणआन्तरिक नियन्त्रण प्रणालीचुरेकञ्चनपुर जिल्लाकिम्बुलुम्बिनीनेपाली बृहत् शब्दकोशसम्पति शुद्धीकरणप्राथमिक उपचारकालिकोट जिल्लापाटन दरबार क्षेत्रअन्तर्राष्ट्रिय नारी दिवसस्या वंशसर्लाही जिल्लासन्दुक रुइतयुवावस्थाताप्लेजुङ जिल्लालागत लेखाविधिडेनमार्कपाँचधर्के लोखर्केनेपालको लोकतन्त्र दिवसबुद्ध धर्मनेपालमा पाइने चराहरूको सूचीदमाई जातिभाषाविज्ञानखस जातिविधिशास्त्रराष्ट्रिय सभा निर्वाचन, २०८०नेपालमा मौलिक हक र कर्तव्यनेपालको एकीकरणनेपाल अधिराज्यको संविधान २०४७नेपाल अङ्ग्रेज युद्धनाजी जर्मनीयौनअर्थ मन्त्रालय (नेपाल)महर्जनसाङ वंशगण्डकी प्रदेशउदयपुर जिल्लाभक्तपुर नगरपालिकाक्रिकेटअनुसन्धानमोरङ जिल्ला🡆 More