मानव विकास सूचकाङ्क

मानव विकास सूचकाङ्क मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकाङ्कलाई प्रयोग गरेर निकालिएको समग्र तथ्याङ्कले कुनै पनि देशको मानव विकास निकाल्ने गरिन्छ। मानव विकास सूचकाङ्कलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री महबुब उल हक र भारतीय अर्थशास्त्री अमर्त्य सेनद्वारा सिर्जना गरिएको थियो र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो ।

सन् २०१० मा मानव विकास प्रतिवेदनमा असमान-समायोजित मानव विकास सूचकाङ्क सुरु गरिएको थियो। सरल मानव विकास सूचकाङ्क पनि उपयोगी रहेको छ, तर असमान-समायोजित मानव विकास सूचकाङ्कको उपयोगले (असमानताको लागि लेखाङ्कन) मानव विकासको वास्तविक तह र क्षमता "मानव विकास सूचकाङ्क" निकाल्न सकिन्छ।

विश्वको नक्सा
मानव विकास सूचकाङ्कका श्रेणीहरू प्रस्तुत गरिएको विश्वको नक्सा (सन् २०१९ को तथ्याङ्कमा आधारित, सन् २०२० मा, प्रकाशित)
  अति उच्च (≥ ०.८००)
  उच्च (०.७००–०.७९९)
  मध्यम (०.५५०–०.६९९)
  निम्न (≤ ०.५४९)
  तथ्याङ्क उपलब्ध नभएको
विश्वको नक्सा
मानव विकास सूचकाङ्कको आधारमा देशहरू वा क्षेत्रहरूको विश्वको नक्सा, ०.०५० को वृद्धिमा प्राप्ताङ्क (सन् २०१९ को तथ्याङ्कमा आधारित, सन् २०२० मा, प्रकाशित)
  ≥ ०.९००
  ०.८५०–०.८९९
  ०.८००–०.८४९
  ०.७५०–०.७९९
  ०.७००–०.७४९
  ०.६५०–०.६९९
  ०.६००–०.६४९
  ०.५५०–०.५९९
  ०.५००–०.५४९
  ०.४५०–०.४९९
  ०.४००–०.४९९
  ≤ ०.३९९
  तथ्याङ्क उपलब्ध नभएको

मानव विकास सूचकाङ्क निरपेक्ष नभई सापेक्ष हुन्छ। यो सूचकाङ्कको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ। स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रूपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ। शिक्षाको सरल सारांश नापको रूपमा औसत साक्षरता दर र स्कूल भर्ना दरको औसतलाई समावेश गरिन्छ। जीवन यापन स्तरको नाप गर्न प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रति व्यक्ति आय गणना गरी समावेश गरिन्छ । माथिको तीनवटै सूचकहरूलाई यसप्रकार उल्लेख गरिएको छ।

स्वास्थ्य

औसत आयुले अनुमानित रूपमा मानिसको जीवित रहने प्रत्याशा भन्ने बुझाउ“छ । यो मुख्यतः शिशु मृत्युदरमा भर पर्ने हु“दा शिशु मृत्युदर कम हुने देशका मानिसको औसत आयु बढी हुन्छ भने शिशु मृत्युदर बढी हुने देशका मानिसको औसत आयु कम हुन्छ । पोषण र स्वास्थ्य सुविधा धेरै हुने ठाउ“मा शिशु मृत्युदर कम हुने हु“दा औसत आयुले स्वास्थ्यका बारेमा सुचना प्रदान गर्छ । स्वास्थ्यको सर्वोत्तम नाप आयु प्रत्याशालाई मानिएको छ कनिभने यसले एकातिर पोषणको कुराालई धयनमा राख्छ भने अर्कातिर शिशु मृत्युदरलाई पनि ध्यान दिएको हुन्छ । आयु प्रत्याशा नाप गर्न सम्पूर्ण जनसङ्ख्याको प्रत्येक उमेर समूहको जनसङ्ख्याको जीवितता अनुपातको जनसांख्यिक इतिहास विश्लेषण गरिन्छ । यस नापमा स्वास्थ्यको जुन नाप प्रयोग गरिन्छ त्यसालई जन्मका समयको आयु प्रत्याशा भनिन्छ । किनभने प्रत्येक उमेर समूहको आयु प्रत्याशा फरक फरक हुन्छ । आयु प्रत्याशाका उच्चतम र न्यूनतम अंकहरूको अन्तरको तुलनात्मक मान निकालेर आयु प्रत्याशा सूचक प्राप्त गरिन्छ । आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ ।

ज्ञान र सूचना

औसत साक्षरताले शिक्षाको सम्बन्धमा देशले कतिको उन्नति गरेको छ भन्ने कुरा व्यक्त गर्छ । देशमा जति धेरै शिक्षित हुन्छन् त्यति नै देशको आर्थिक र सामाजिक विकास गर्न सजिलो हुन्छ । औसत साक्षरता दरमा प्रौढ साक्षरता र स्कूल भर्ना दरलाई समावेश गरिएको हुन्छ तर त्यसमा उच्च शिक्षा तर्पmको उपलब्धीलाई भने समावेश गरिदैन । प्रौढ साक्षरतालाई बढी भार दिइन्छ र विद्यालय भर्ना दरलाई कम भार दिइन्छ । यी मानहरूको पनि अधिकतम र न्यूनतम उपलब्धिको तुलनात्मक मान प्राप्त गरिन्छ । जसलाई साक्षरता सूचक भनिन्छ । यी दुवै उपलब्धिको अधिकतम र न्यूनतम मान क्रमशः १०० र ० मानिएको छ ।

आर्थिक स्तर

प्रति व्यक्ति आय एउटा महत्त्वपूर्ण आर्थिक सूचक हो । जसले देशमा मानिसहरूलाई मर्यादित जीवनस्तरमा बा“च्नका लागि आवश्यक पर्ने साधनहरु कत्तिको प्राप्त छन् भन्ने कुराको सूचना प्राप्त हुन्छ । प्राचीन अवधारणामा प्रतिव्यक्ति आय वा राष्ट्रिय आयलाई नै मानवीय विकासको प्रमुख सूचक मानिन्थ्यो । अहिले आयलाई महत्त्व दिइएको छ । तथापि सम्पूर्ण सूचक मानिएको छैन । प्रति व्यक्ति आयले क्रय शक्तिको ठीक नाप दिन नसक्ने हुंदा सर्वप्रथम त्यसलाई क्रयशक्तिमा रुपान्तर गरिन्छ । त्यसैले यस नापको नाम प्रतिव्यक्ति आय क्रय शक्ति सूचक (पी पी पी) हो । प्रतिव्यक्ति आय क्रय शक्ति कसरी अनुमान गर्ने ? प्रति व्यक्ति आय क्रय शक्ति पत्ता लगाउन क्रयशक्ति समताको प्रयोग गरिन्छ । यसको कारण के हो भने प्रति व्यक्ति आयले भन्दा क्रय शक्ति समताले आयको वास्तविक जानकारी प्राप्त हुन्छ । क्रय शक्ति समतालाई एउटा उदाहरणद्वारा व्याख्या गर्न सकिन्छ । मानौ. एउटा ब्रेड जुन नेपालमा ५० रु मा पाइन्छ त्यस्तै ब्रेडलाई अमेरिकामा एक डलर पर्छ । मुद्राको विनिमय दर अनुसार १ यु एस डलरले १०० नेरु साट्न सकिन्छ भने नेपालमा १ डलरले २ वटा ब्रेड किन्न सकिन्छ । यदि नेपालको प्रति व्यक्ति आय ५०० यु एस डलर छ भने नेपालको क्रय शक्ति समता ५०० डलरको २ गुना बढी हुन्छ । यस क्रय शक्तिको अधिकतम मान ४०००० डलर तथा न्यूतनम मान २०० डलर मानिएको छ ।

मानवीय विकास सूचक HDI निकाल्ने तरीका

HDI निकाल्न प्रत्येक सूचकको अधिकतम र न्यूनतम अङ्क थाहा हुनु पर्दछ । यी उच्चतम र न्यूनतम अङ्क सं.रा.सं.ले गणना गरेको हुन्छ ।
तीनवटै सूचकसंग कुनै देशका सम्बन्धित उपलब्धिहरु तुलना गरेर छुट्टा छुट्टै सूचक अङ्क प्राप्त गरिन्छ र सबैको औसत प्राप्त गरे पछि HDI प्राप्त हुन्छ। HDI कोमान ० र १ को बीचमा हुन्छ । १ ले सबै क्षेत्रमा शत प्रतिशत उन्नति भएको देखाउछ ।
निम्नलिखित उदाहरणमा HDI निकाल्ने विधिलाई स्पष्ट गरिएको छ ।
मानौं नेपालको प्रति व्यक्ति आय ७५० यु एस डलर,
आयु प्रत्याशा ६५ वर्ष,
साक्षरता दर ६५ प्रतिशत र प्राथमिक तहमा भर्ना दर ७५ प्रतिशत छ ।

१. आयु सूचक

६५–२५= ४० र ८५–२५=६० लाई भाग गर्ने ४०÷६० = ०.६६७

२. शैक्षिक स्तर सूचक


क) भर्ना सूचक ७५–०=७५ र १००–० =१००लाई भाग गर्ने ७५÷१००= ०.७५०
ख) प्रौढ साक्षरता सूचक ६५–०= र १००–० लाई भाग गर्ने ६५÷१००=०.६५०
दुवैलाई अलग अलग भार दिएर औसत प्राप्त गर्ने ०.६६७(०.७५०)+०.३३३(०.६५०) =०.५००२५+०.२१६४५=०.७१६७

३. प्रति व्यक्ति आय क्रय शक्ति समता सूचक

माथिको उदाहरण अनुसार ७५० प्रति व्यक्ति आयको क्रय शक्ति यसको २ गुना अर्थात् १५०० हुन्छ ।
आय सूचकको गणना यस प्रकार छ–
१५००–२००= १३०० तथा ४००००–२००= ३८८०० लाई भाग गर्ने १३००÷३८८००=०.०३३५
तीनवटै औसतको सूचक अर्थात् (०.६६७+०.७१६७+०.०३३५)÷३=०.४७२४ नै एच डी आई हुन्छ ।
मानव विकास सूचक अंकको विश्लेषण निम्नलिखित प्रकार गरिन्छ ।

  • न्यून माविसू ०–०.५
  • मध्यम माविसू०.५–०.७९९
  • उच्चतम माविसू०.८०– १

सन्दर्भ सुची

Tags:

मानव विकास सूचकाङ्क स्वास्थ्यमानव विकास सूचकाङ्क ज्ञान र सूचनामानव विकास सूचकाङ्क आर्थिक स्तरमानव विकास सूचकाङ्क मानवीय विकास सूचक HDI निकाल्ने तरीकामानव विकास सूचकाङ्क सन्दर्भ सुचीमानव विकास सूचकाङ्कअमर्त्य सेनमहबुब उल हक

🔥 Trending searches on Wiki नेपाली:

विकिमिडिया कमन्सदर्शनशिक्षक सेवा आयोग (नेपाल)नेपाल टेलिभिजनरानी पोखरीनेपाली शब्दकोशराम मन्दिर, अयोध्यालागु पदार्थसिन्धुपाल्चोक जिल्लाहस्तमैथुनइलाम जिल्लाबीमानेपाल स्काउटसेतो मछिन्द्ननाथ मन्दिरनेपालको संविधान २०७२नुवाकोट जिल्लाअल्पविकसित देशचुरेजोखिम व्यवस्थापननेपाल विद्यार्थी सङ्घभाषाज्योतिषनेपालका गाउँपालिकाहरूहुलाक टिकटसंयुक्त राज्य अमेरिकाबझाङ जिल्लाथापाथली सन्धिनेपालका राष्ट्रिय निकुञ्जहरूनेपाल अङ्ग्रेज युद्धनेपालका राजाहरूको सूचीसौर्यमण्डलमहाभारतजयपृथ्वीबहादुर सिंहपहाडी प्रदेश (नेपाल)नेपालमा भएका सडकहरूको सूचीभ्रष्टाचारपश्चिम रुकुम जिल्लाविश्वव्यापीकरणमार्क्सवादमनकामना केबलकारसत्यमोहन जोशीअस्पतालकुँवरअन्तर्राष्ट्रिय तिथि रेखानेपालमा धर्मविज्ञानमहादेशअङ्कथाइरोइडगोरखा दरबारकथानकआन्तरिक राजस्व विभाग (नेपाल)समावेशीकरणविश्व हिन्दु परिषदआर्थिक विकासवीरेन्द्र वीरविक्रम शाहअमेरिकी गृहयुद्धचोयु हिमालसार्की जातिआइतवारचाणक्य नीतिगुरुप्रसाद मैनालीसरकारजिल्ला सभाकोशी टप्पु वन्यजन्तु आरक्षदेवराज घिमिरेएनसेलअन्नपूर्ण हिमालपरिवार नियोजनखस जातिनेपालमा बोलिने भाषाहरूनेपालको संविधान २०७२ को संशोधनहरिवंश आचार्य🡆 More